मानव-वन्यजन्तु द्वन्द्व समाधान गर्छाैँ

Published on

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव–वन्यजन्तु द्वन्द्वको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 प्रदेशको पर्यटन विकासका लागि प्रदेश सरकारद्वारा आयोजना गरिएको ‘घुम्न जाउँ बर्दिया’ अभियानको बिहिबार शुभारम्भ गर्न बर्दियाको ठाकुरबाबा नगरपालिका पुगेका मुख्यमन्त्री आचार्यसँग स्थानीय बासिन्दाले गुनासो गरेपछि उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकन गरेर उहाँले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल र बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामलगायत सम्बद्ध पक्षसँग छलफल गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

“मानव–वन्यजन्तुको द्वन्द्व कम गर्ने विकल्प र भावी योजनाबारे विस्तृत छलफल भएको छ,” स्वकीय सचिव भुसालले भन्नुभयो, “मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताको दैनिक कामकाजदेखि उहाँहरूको जीविकोपार्जनबारे छलफल भएको छ । प्रदेश सरकारले सञ्चालन गर्दै आएको कार्यक्रमबारे समेत जानकारी गराइएको छ ।”

लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माणलगायतका योजनाका काम गर्दै आएकाले सो समस्या समाधान गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जनाउनुभयो । 

सोबारे बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले मानव–वन्यजन्तु द्वन्द्व समस्या समाधानका लागि तत्काल पहल गरिने प्रतिबद्धता जनाएको बताउनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा बर्दिया जिल्लामा मात्र मानव–वन्यजन्तु द्वन्द्वका कारण चार महिला र एक बालक गरी पाँच जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ । 

यसैगरी सोही अवधिमा २१७ भेडाबाख्रा, ३१ गाईभैँसी, ४५ बङ्गुर, १८१ वटा हाँस र कुखुराको मृत्यु भएको थियो भने स्याल, चितुवा, वन बिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तु मरेका थिए । सोही अवधिमा १४ वटा चितुवा र मृगसमेत घाइते भएका थिए ।   

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...