प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन

Published on

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्नुभएको छ । युवावर्गको नेतृत्व र व्यक्तित्व विकास अभियान लगायत सामाजिक र मानवीय सेवामा क्रियाशील नेपाल जेसिजको तीन दिने राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री ओलिले समुद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री ओली नेपाल जेसिजको महाधिवेशको समुद्घाटन समारोहपछि आजै अपराह्न काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ भन्ने आस्था र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढेको नेपाल जेसिजको तीन दिने ५१औं राष्ट्रिय महाधिवेशनमा देश भरका १७८ शाखाहरुबाटा पर्यवेक्षक र प्रतिनिधिसहित पाँच हजारभन्दा बढी युवावर्गको जमघट रहेको महाधिवेशन निर्देशक दिपक ढकालले जानकारी दिनुभयो ।

इटहरी जेसीजको आतिथ्यतामा प्रारम्भ भएको महाधिवेशनमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ । राष्ट्रिय महाधिवेशनमार्फत सन् २०२५ का लागि नेपाल जेसिजको राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुँदैछन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...