प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन

Published on

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गर्नुभएको छ । युवावर्गको नेतृत्व र व्यक्तित्व विकास अभियान लगायत सामाजिक र मानवीय सेवामा क्रियाशील नेपाल जेसिजको तीन दिने राष्ट्रिय महाधिवेशनको प्रधानमन्त्री ओलिले समुद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री ओली नेपाल जेसिजको महाधिवेशको समुद्घाटन समारोहपछि आजै अपराह्न काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ भन्ने आस्था र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढेको नेपाल जेसिजको तीन दिने ५१औं राष्ट्रिय महाधिवेशनमा देश भरका १७८ शाखाहरुबाटा पर्यवेक्षक र प्रतिनिधिसहित पाँच हजारभन्दा बढी युवावर्गको जमघट रहेको महाधिवेशन निर्देशक दिपक ढकालले जानकारी दिनुभयो ।

इटहरी जेसीजको आतिथ्यतामा प्रारम्भ भएको महाधिवेशनमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ । राष्ट्रिय महाधिवेशनमार्फत सन् २०२५ का लागि नेपाल जेसिजको राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुँदैछन् । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...