सुनचाँदी व्यवसायी संघ गुल्मी अध्यक्षमा विश्वकर्मा

Published on

काठमाडौँ । सुनचाँदी व्यवसायीहरुको साझा संस्था गुल्मी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा झविन्द्र विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । चौथो अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो । रेसुङ्गा नगरपालिका –१४ पराल्मी निवासी विश्वकर्मा गुल्मी सुनचाँदी व्यवसायी संघमा २०५८ सालदेखि आवद्ध भएर कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संघलाई नयाँ प्रविधिमैत्री बनाउँदै व्यवसायीहरुका लागि तालिम सञ्चालन तथा सबैसँगको समन्वयमा अघि बढ्ने बताउनुभयो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रामबहादुर सुनार ९दिपक०, उपाध्यक्षहरुमा ज्ञानेन्द्र सुनार, हेमन्त सुनार र कमल सुनार निर्वाचित हुनुभएको छ । संघको महासचिवमा राम वराल सर्वसम्मत चयन हुनुभएको निर्वाचन संयोजक गोपालबहादुर सुनारले जानकारी दिनुभयो । सचिवमा सुवर्ण बराल, सहसचिवमा श्रीकृष्ण सुनार र कोषाध्यक्षमा इन्द्रबहादुर चुँदारा ९रमेश० निर्वाचित हुनुभएको छ । पदाधिकारीसहित २५ सदस्यीय कार्य समिति चयन भएको नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । अधिवशेनमा ११७ जना प्रतिनिधि सहभागी भएका थिए । गुल्मी सुनचाँदी व्यवसायी संघको जिल्लास्थित कार्यालयमा एक जना कर्मचारी कार्यरत हुनुहुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघसँगको समन्वयमा दैनिक रुपमा सुनचाँदीको दरभाउ प्रकाशन गर्दै आइरहेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...