सुनचाँदी व्यवसायी संघ गुल्मी अध्यक्षमा विश्वकर्मा

Published on

काठमाडौँ । सुनचाँदी व्यवसायीहरुको साझा संस्था गुल्मी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा झविन्द्र विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । चौथो अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो । रेसुङ्गा नगरपालिका –१४ पराल्मी निवासी विश्वकर्मा गुल्मी सुनचाँदी व्यवसायी संघमा २०५८ सालदेखि आवद्ध भएर कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संघलाई नयाँ प्रविधिमैत्री बनाउँदै व्यवसायीहरुका लागि तालिम सञ्चालन तथा सबैसँगको समन्वयमा अघि बढ्ने बताउनुभयो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रामबहादुर सुनार ९दिपक०, उपाध्यक्षहरुमा ज्ञानेन्द्र सुनार, हेमन्त सुनार र कमल सुनार निर्वाचित हुनुभएको छ । संघको महासचिवमा राम वराल सर्वसम्मत चयन हुनुभएको निर्वाचन संयोजक गोपालबहादुर सुनारले जानकारी दिनुभयो । सचिवमा सुवर्ण बराल, सहसचिवमा श्रीकृष्ण सुनार र कोषाध्यक्षमा इन्द्रबहादुर चुँदारा ९रमेश० निर्वाचित हुनुभएको छ । पदाधिकारीसहित २५ सदस्यीय कार्य समिति चयन भएको नवनिर्वाचित अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । अधिवशेनमा ११७ जना प्रतिनिधि सहभागी भएका थिए । गुल्मी सुनचाँदी व्यवसायी संघको जिल्लास्थित कार्यालयमा एक जना कर्मचारी कार्यरत हुनुहुन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघसँगको समन्वयमा दैनिक रुपमा सुनचाँदीको दरभाउ प्रकाशन गर्दै आइरहेको छ। गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...