भानु जन्मस्थललाई साहित्यिक तिर्थस्थल बनाउन पहल

Published on

काठमाडौँ । नेपाली भाषाका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा प्रथम भानु नगर महोत्सव हुने भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी साहित्यिक धाम बनाउने मुख्य उद्धेश्यले गरिने महोत्सव भानु नगरपालिका–१ भन्सारमा पुस ९ गतेदेखि २१ गते सम्म सञ्चालन हुनेछ । भानुको जन्मस्थल ओझेलमा परेकाले प्रचार प्रचार गर्न महोत्सव गर्ने निर्णय गरिएको र तयारी पुरा भएको भानु नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सव मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउन टेवा पुर्‍याउन महोत्सव गर्ने निर्णय गरेका हौं ।”

महोत्सवमा एक लाख बढी पर्यटकको आवागमन हुनुका साथै रु.६४ लाखको आर्थिक कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको आयोजक समितिका महासचिव कृष्णचन्द्र कोइरालाले जानकारी दिनुभयो । महोत्सवमा भानु जन्मस्थल चुँदीरम्घा र यस आसपासको अवलोकन भ्रमण, औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री, सुन्तला,मास,एवं अदुवा,ताजा तरकारी बिक्री तथा प्रदर्शनी, रमाइलो मेला,चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता,आदिवासी जनजातिय भेषभूषा,झाँकी तथा संस्कृति भल्किने कार्यक्रम गरिने कोइरालाले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...