काठमाडौँ । मुगु जिल्लाको माथिल्लो मुगुमा पत्तै नलागेको रोगबाट चौरी मर्न थालेका छन् । मुगुम कार्मारोङ गाउँपालिकाको वडा नम्बर २ सिरानी चौरमा रहेका चौरीमा पत्ता नलागेको रोगबाट चौरी मर्न थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय मुगुले जानकारी दिएको छ । पशु अस्पतालका कार्यालय प्रमुख भिमचन्द्र बुढाले सो गाउँपालिकाका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीसहित उपचारका लागि त्यसतर्फ जाँदै गरेको बताउनुभयो । रोगको प्रारम्भिक अध्ययन नगरी कुन रोगले चौरी मरेका हुन् भनि एकिन गर्न नसकिने उहाँको भनाइ छ । उहाँले प्राविधिक टोली त्यहाँ पुगेपछि प्रारम्भिक अध्ययन सुरु गर्ने जानकारी दिनुभयो । गोरखापत्र