पत्तै नलागेको रोगबाट मर्न थाले चौरी

Published on

काठमाडौँ । मुगु जिल्लाको माथिल्लो मुगुमा पत्तै नलागेको रोगबाट चौरी मर्न थालेका छन् । मुगुम कार्मारोङ गाउँपालिकाको वडा नम्बर २ सिरानी चौरमा रहेका चौरीमा पत्ता नलागेको रोगबाट चौरी मर्न थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय मुगुले जानकारी दिएको छ । पशु अस्पतालका कार्यालय प्रमुख भिमचन्द्र बुढाले सो गाउँपालिकाका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीसहित उपचारका लागि त्यसतर्फ जाँदै गरेको बताउनुभयो । रोगको प्रारम्भिक अध्ययन नगरी कुन रोगले चौरी मरेका हुन् भनि एकिन गर्न नसकिने उहाँको भनाइ छ । उहाँले प्राविधिक टोली त्यहाँ पुगेपछि प्रारम्भिक अध्ययन सुरु गर्ने जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...