एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा

Published on

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ। बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो। नेकपा (एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिला गरेर सुरु भएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ। बैठकमा पार्टी सङ्गठन विस्तार र समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने उहाँको भनाइ छ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...