संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ

Published on

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्-सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उहाँले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

“लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ”, सभामुख घिमिरेले भन्नुभयो, “सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसदले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।” अहिले संसदमा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । संसदलाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उहाँले बताउनुभयो ।

उपसभामुख इन्दिरा रानामगरले संसदीय ‘रिपोर्टिङ’ गर्दा संसदीय अभ्यास र प्रक्रियाका विषयमा पत्रकार जिम्मेवार र इमानदार भएर समाचार सङ्कलन गर्नुपर्ने बताउनुभयो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारसँगको अन्तरक्रियाले सुधार गर्नुपर्ने कामका बारेमा जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले राजनीतिक दल, सांसद र सरकारलाई संसद्प्रर्ति उत्तरदायी बनाउनुपर्ने र संसदीय ममिलाका विषयहरू छलफलका माध्यमबा संसद्को वरिपरि रहेर निर्णय हुनुपर्ने बताउनुभएको थियो । दुई दिनसम्म सञ्चालित कार्यक्रममा संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, वरिष्ठ पत्रकार एवम् संसदीय रिपोर्टिङ विज्ञद्वय हरिबहादुर थापा र जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको सहभागिता थियो । रासस

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...