बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघ्यो

Published on

काठमाडौँ । बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोस्रो सातसम्म प्रदेशका १३ जिल्लामा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमणका कारण प्रदेशमा हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो । गत २४ घण्टामा यहाँ १२ जना डेंगु सङ्क्रमित थपिएका छन् । प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा डेंगु पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा पाँच हजार २१६, चितवनमा दुई हजार ९०६, ललितपुरमा एकहजार ४६१, मकवानपुरमा एकहजार ६१३, भक्तपुरमा एकहजार ६४४, धादिङमा ५६४, नुवाकोटमा ४४१, काभ्रेपलाञ्चोकमा ३४६, दोलखामा १४४, सिन्धुपाल्चोक १४९, रामेछापमा ५७, सिन्धुलीमा ७९ र रसुवामा सबैभन्दा कम पाँच जनामा डेंगु पुष्टि भएको छ । मन्त्रालयका अनुसार साउनमा ८७८, भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८, कात्तिकमा चार हजार ९१९, मङ्सिरमा एकहजार १११ र पुस दोस्रो सातासम्म ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार जाडोयाममा समेत प्रदेशमा डेंगु सङ्क्रमितको घटेको छैन । गत आवमा प्रदेशभरि एघारहजार ९०६ जना डेंगुबाट प्रभावित हुनुभएको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...