बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघ्यो

Published on

काठमाडौँ । बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस दोस्रो सातसम्म प्रदेशका १३ जिल्लामा १४ हजार ६२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमणका कारण प्रदेशमा हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो । गत २४ घण्टामा यहाँ १२ जना डेंगु सङ्क्रमित थपिएका छन् । प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा डेंगु पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा पाँच हजार २१६, चितवनमा दुई हजार ९०६, ललितपुरमा एकहजार ४६१, मकवानपुरमा एकहजार ६१३, भक्तपुरमा एकहजार ६४४, धादिङमा ५६४, नुवाकोटमा ४४१, काभ्रेपलाञ्चोकमा ३४६, दोलखामा १४४, सिन्धुपाल्चोक १४९, रामेछापमा ५७, सिन्धुलीमा ७९ र रसुवामा सबैभन्दा कम पाँच जनामा डेंगु पुष्टि भएको छ । मन्त्रालयका अनुसार साउनमा ८७८, भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८, कात्तिकमा चार हजार ९१९, मङ्सिरमा एकहजार १११ र पुस दोस्रो सातासम्म ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्कअनुसार जाडोयाममा समेत प्रदेशमा डेंगु सङ्क्रमितको घटेको छैन । गत आवमा प्रदेशभरि एघारहजार ९०६ जना डेंगुबाट प्रभावित हुनुभएको थियो ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...