रौतहटको दलितबस्तीमा आगलागी : सात घर जलेर नष्ट

Published on

काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । स्थानीय जगरनाथ पासवानको घरमा सल्किएको आगोले पालिकाको पताही गाउँमा रहेको दलितबस्तीको सात घर खरानी बनाएको हो । आगलागीले स्थानीय रामनाथ पासवान, बालुलाल पासवान, रामइश्वर पासवान, नागेन्द्र पासवान, दीपेन्द्र पासवान, विजय पासवान र रामस्वर्गीय पासवानको घर जलेर खरानी भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र रायले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगलागीले घरसँगै लत्ताकपडा, गरगहना, खाद्यान्नलगायत १० लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जगरनाथको घरमा विद्युत सट् हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान छ । सुरक्षाकर्मी, स्थानीय र गौर नगरपालिकाबाट पुगेको वारुण यन्त्रको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिए पनि धनमाल भने पूर्ण क्षति भएको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मुन्न यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार जाडो याममा आगलागी हुँदा दलित परिवारको बिचल्ली भएको छ । खान, बस्न र लगाउने कपडाको अभावले उनीहरुको दैनिकी कठिन बनेको छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...