अर्जुनचौपारीमा औद्योगिक ग्राम सञ्चालन

Published on

काठमाडौँ । संघीय सरकारले निर्णण गरेको छ वर्षपछि अर्जुनचौपारी गाउँपालिका–१ पुलको मुखमा औद्योगिक ग्राम सञ्चालन गरिएको छ । २०७५ चैत ४ गते प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने सरकारको निर्णय अनुसार अर्जुन चौपरी बनाउने प्रक्रिया अगाडि बढाइएको थियो ।

८७ रोपनीमा क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम निर्माण गरी ५१ रोपनी जग्गामा औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको हो । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा अर्जुनचौपारी गाउँपालिकाको आफ्नो स्रोत साधन परिचालन गरी औद्योगिक ग्राम सञ्चालनमा ल्याइएको अर्जुनचौपारी गाउँपालिकाकाले जनाएको छ । यहाँ ५८० मिटर तटबन्धन, शौचालय निर्माण, गेट निर्माण, घेराबार तथा गेट निर्माण, विद्युत विस्तार र जडान तथा प्लट छुट्याउने कार्य गरसँगै यहाँ उद्योग सञ्चालनमा आएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट औद्योगिक ग्राम निर्माणका लागि निकासा हुने अधिकतम रकममध्ये संघीय सरकारबाट दुई करोड २२ लाख, प्रदेश सरकारको ४५ लाख रुपियाँ र स्थानीय तहले आफ्नो स्रोतबाट ४२ लाख गरी तीन करोड नौ लाख ५७ हजार २०६ रुपियाँमा औद्योगिकग्राम निर्माण गरिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले औद्योगिक ग्रामभित्र १२ वटा प्लट बनाईएको र तीन वटा उद्योग सञ्चालनमा आएको बनताउनुभयो । यहाँ दुई वटा ढुङ्गा कटिङ उद्योग र एक फर्निचर उद्योग सञ्चालनमा आईसकेको तथा एक ब्लक उद्योग सञ्चालनमा आउने तयारीमा छ । पालिका आफैंले स्थानीय व्यवसायी उद्योगीलाई आकर्षित बनाउन र पालिकाभित्रको स्रोत उपयोग गर्ने उदेश्यका साथ ढुङ्गा कटिङ उद्योग सञ्चालनमा ल्याएको हो ।

सरकारबाट प्राप्त हुनुपर्ने रकममध्ये ७८ लाख बाँकी रहेको तथा समयमै बजेट प्राप्त नहुँदा कामको ठेक्का लाग्न समेत ढिलाई भइरहेकोले भौतिक प्रगति हासिल गर्न समस्या भएको पाण्डेले बताउनुभयो । अर्जुनचौपारी गाउँपालिकाले आफ्नो गौरवको रुपमा लिएको यस औद्योगिक ग्राम परियोजनामा स्थापित उद्योगलाई सञ्चालनमा प्रोत्साहन तथा सहजीकरण गर्ने, राजस्व समेतमा सहुलियतपूर्ण सहयोग गर्ने, उद्योगलाई आवश्यक कच्चापदार्थ व्यवस्थापनमा समेत पालिकाको तबरबाट सक्ने सहयोग गर्ने योजना पालिकाले बनाएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

अर्जुनचौपारी गाउँपालिकाले निर्माण गरेर सञ्चालनमा ल्याएको औद्योगिक ग्राम जिल्लाकै पहिलो हो भने गण्डकी प्रदेश समेतमा स्थानीय निकायको प्रत्यक्ष लगानी र दायित्व रहने गरी निर्माण गरिएको पहिलो परियोजना हो । स्याङ्जामा गल्याङ, चापाकोट, पुतलीबजार, वालिङ नगरपालिका तथा अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकामा औद्योगिक ग्राम बनाउन सरकारले स्वीकृत गरेको थियो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...