घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय

Published on

काठमाडौँ । बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन् । यहाँका नौवटै स्थानीय तहमा रहेका पुराना तथा जीर्ण बन्दै गएका घरमा भुकम्पले ठुलो क्षति गरेकाले स्थानीयहरु डरले राति घरबाहिर सुत्ने गरेका छन् । पुस ६ गते जगनाथ गाउँपालिकाको गोत्रीमा ५.२ रेक्टल स्केलको भूकम्प गएको थियो । भूकम्पले घरमात्र चर्काए सिन फेरि आउन सक्ने त्रासले घर बाहिरै सुत्नेगरेको वडा –५ का अतिराम दमाइले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर नछोडौं भुकम्पको डर छ । घर छोडौ अन्य कतै बस्ने व्यवस्था छैन । ज्यान जोखिम राखेर भए पनि अहिले घरबाहिरै बास गर्नेगरेका छौं । घर भत्किएर ज्यान नै जाने होकि मनमा डर पसेको छ ।” हामीलाई खान त के बास बस्न समेत यस्तो दोधारमा हुँदा पनि सम्बन्धित निकायको ध्यान नगएको दमाईले गुनासो गर्नुभयो । गत पुस ६ गते गएको भुकम्पले जगनाथ गाउँपालिकामा झण्डै १२३ घर जोखिममा परेको जगनाथ गाउँपालिकाले जनाएको छ ।

पालिकाको समन्वयमा अहिले त्रिपाल मात्र वितरण गरेको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले बताउनुभयो । २०७९ वैशाख १५ गते गएको भुकम्पले हिमाली बुढीनन्दा गौमुल, हिमाली, बुढीगङ्गा, बडिमालिका त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भुकम्पले प्रभावित भएका स्थानीयको अस्थायी टहरा निर्माण गर्न गृह मन्त्रालयसँग रकम माग गरेको जिल्ला विपत व्यवस्थापन समिति बाजुराका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । अहिले भुकम्प पीडितहरुलाई तात्काल सुरक्षित ठाउँमा बसोबास गर्न त्रिपाल मात्र सहयोग गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...