पर्यटकलाई स्वागत गर्न पोखरिया ताल

Published on

काठमाडौँ । मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनुषाको ढल्केबरस्थित पोखरिया तालमा इस्वी संवतको नयाँ वर्ष २०२५ को अवसमा पिकनिक तथा घुम्न आउने पर्यटकको सुविधाका लागि विभिन्न तयारी गरिएको छ । पोखरिया संरक्षण समितिले पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्दै मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, खानेपानी, विद्युतीयकरण र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यस पर्यटकीय स्थलमा धनुषा, महोत्तरी, सर्लाही, सिराहालगायत क्षेत्रका आन्तरिक पर्यटक र छिमेकी मुलुक भारतीय सीमावर्ती क्षेत्र जयनगर, मधुवनी, सीतामढीलगायत क्षेत्रबाट पर्यटक वनभोज र घुम्न आउने गरेका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न तथा सामूहिक रूपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरू यहाँ आउने गरेको पोखरिया ताल संरक्षण समितिका सचिव रामबाबु कडारीले बताउनुभयो । उहाँले पर्यटकको रमाइलोका लागि यसपालि डुङ्गा, घोडा सवारी, झोलुङ्गेलगायत साधन थप गरिएको उहाँले जानकारी दिनुभयो ।

ढल्केबर चोकबाट तीन किलोमिटर उत्तरमा पर्ने पोखरिया ताल पर्दछ । हरियाली वनले घेरिएको तराईको आकर्षक पर्यटकीय गन्तव्य हो । पोखरी दमार सामुदायिक वन क्षेत्रमा रहेको यो ताल सात बिघा क्षेत्रमा फैलिएको छ । सागरको बीच भागमा उत्तेश्वर महादेवको मन्दिरले तालको महत्व अझ बढाएको छ । यसैगरी अङ्ग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ । भगवानको र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा भारतीय पर्यटक आउने गरेका हुन् । धनुषा र महोत्तरीको विभिन्न नाकाबाट भारतीय पर्यटक अत्यधिक रुपमा यहाँ आउने गरेका छन् ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...