कांग्रेसभित्र स्वतन्त्रता हुने भए छाडातन्त्र हुँदैन : कांग्रेसका केन्द्रीय सदस्य अमात्य

Published on

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातन्त्र भित्र स्वतन्त्रता हुने भए पनि छाडातन्त्र नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन रामेछापले मङ्गलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अमात्यले प्रजातन्त्रमा अराजकता नचल्ने बताउनुभएको हो । पार्टीका जिम्मेवार व्यक्तिले पार्टीका आन्तरिक कुरा सामाजिक सञ्जालमा छरपस्ट पार्नु अराजकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी भित्रका कुरा भित्रै छलफल गर्नुपर्छ, बाहिर विवादका कुरा गर्ने काम पार्टी हित विपरीत हो । यो अनुशासनहीन काम हो । यसलाई काँग्रेसले स्विकार्न सक्दैन ।”

काम गर्ने क्रममा विमति रहे भित्रै छलफल गर्नुपर्ने बताउँदै उहाँले अराजक शैलीले छरपस्ट हुँदा पार्टी नचल्ने बताउनुभयो ।
पार्टी भित्रका समस्या समाधान गर्दै प्रजातान्त्रिक हिसाबले पार्टीलाई अझ बलियो र एक ढिक्का बनाउन कांग्रेसले एक सय दिने अभियान सुरु गरेको उहाँको भनाइ छ । कार्यक्रममा कांग्रेस रामेछापका सभापति एवम् सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले देश निर्माणका लागि सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो । सकेसम्म सबैलाई मिलाएर अघि बढ्नु पर्नेमा उहाँको जोड छ ।

तामाङलेले आफ्नो कार्यकालमा रामेछापमा कांग्रेसलाई पहिलो पार्टी बनाउने पनि बताउनुभयो । पार्टी भित्रका राम्रा पक्षलाई प्रवर्द्धन गर्न र कमजोरी हटाउन अभियान सुरु भएको बताउँदै उहाँले आउने निर्वाचनमा एक्ले चुनाव लड्दा पनि काँग्रेसलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले सहर केन्द्रित भएका नेता कार्यकर्तालाई गाउँमा पुर्‍याउन कांग्रेसले अभियान सुरु गरेको बताउनुभयो । नेताले मनोमानी ढङ्गले गरेको निर्णय अरूले बोकेर हिँड्न नसक्ने बताउँदै खड्काले सामूहिक निर्णयले पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...