‘नेपालमै उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ’

Published on

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताउनुभएको छ । प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षबारेमा लेखिएका लेखहरुको सङ्ग्रह लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा। यज्ञप्रसाद अधिकारी नामक पुस्तक विमोचन समारोहमा बुधवार महामन्त्री थापाले रहरले उपचारका लागि विदेश जानेलाई छाडेर बाध्यताले उपचार गर्न अब विदेश जान नपर्ने दाबी गर्नुभयो ।

‘हामी लामो समय सत्तामा रहेका नाताले पनि यो दावी गर्न सक्छौं कि अहिले कुनै पनि रोगका लागि उपचारमा विदेश जानुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो । उहाँले नेपालमै उपचार सक्षम छ भनेर जनविश्वास दिलाउन जरुरी रहेको बताउनुभयो । उहाँले प्राडा. अधिकारीले लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा काँग्रेस नेता गुरु घिमिरेले प्राडा। अधिकारी नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवादका भाष्यकार विज्ञ हुनुभएकाले अहिले राजनिति उहाँले स्थापित गरेकै बाटोमा हिँडेको बताउनुभयो । लोकतान्त्रिक समाजवादकै बाटोमा देश अगाडि बढेको छ, उहाँले भन्नुभयो । कार्यक्रममा वक्ताहरुले राजनीतिमा अहिले अधिकारी उपेक्षितजस्तो देखिए पनि उहाँ निष्ठाको राजनीतिमा उदाहरण पात्र रहनु भएको धारणा राख्नुभयो । लेख सङ्ग्रहमा विभिन्न ६८ जना विज्ञहरुले लेख्नुभएको छ ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...