‘नेपालमै उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भएको छ’

Published on

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताउनुभएको छ । प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षबारेमा लेखिएका लेखहरुको सङ्ग्रह लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा। यज्ञप्रसाद अधिकारी नामक पुस्तक विमोचन समारोहमा बुधवार महामन्त्री थापाले रहरले उपचारका लागि विदेश जानेलाई छाडेर बाध्यताले उपचार गर्न अब विदेश जान नपर्ने दाबी गर्नुभयो ।

‘हामी लामो समय सत्तामा रहेका नाताले पनि यो दावी गर्न सक्छौं कि अहिले कुनै पनि रोगका लागि उपचारमा विदेश जानुपर्ने अवस्था छैन’, उहाँले भन्नुभयो । उहाँले नेपालमै उपचार सक्षम छ भनेर जनविश्वास दिलाउन जरुरी रहेको बताउनुभयो । उहाँले प्राडा. अधिकारीले लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा काँग्रेस नेता गुरु घिमिरेले प्राडा। अधिकारी नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवादका भाष्यकार विज्ञ हुनुभएकाले अहिले राजनिति उहाँले स्थापित गरेकै बाटोमा हिँडेको बताउनुभयो । लोकतान्त्रिक समाजवादकै बाटोमा देश अगाडि बढेको छ, उहाँले भन्नुभयो । कार्यक्रममा वक्ताहरुले राजनीतिमा अहिले अधिकारी उपेक्षितजस्तो देखिए पनि उहाँ निष्ठाको राजनीतिमा उदाहरण पात्र रहनु भएको धारणा राख्नुभयो । लेख सङ्ग्रहमा विभिन्न ६८ जना विज्ञहरुले लेख्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...