ग्लोवल आइएमई बैंक देशकै ठुलो बैंक बन्ने छः अध्यक्ष ढकाल

Published on

काठमाडौँ । ग्लोवल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गर्नुभयो ।

कर्मचारीहरुले आफ्नो पनसहित काम गरेको खण्डमा धेरै फाइदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताउनुभयो । अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको जानकारी दिनुभयो । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताउनुभयो । १८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पुस २४ गते बुधबारसम्म रहने छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...