पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्छ : मन्त्री पाण्डे

Published on

काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि नीजि क्षेत्र अघि बढ्नपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

मन्त्री पाण्डे भन्नुभयो, ‘‘पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दै छौं, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौं । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौं, केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन् ।’’ उहाँले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराउनुभयो । मन्त्रालयका सचिव डा। गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गर्नुभयो ।

समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवम् समिति सदस्य माधवकुमार नेपाल, सांसदहरू प्रभु साह, दामोदर भण्डारी, शिशिर खनाल, सुदन किराँती, सुनिता बरा, भिमप्रसाद आचार्यलगायतले मन्त्रालयको आव ०८१/०८२ को कार्यप्रगति र नीतिसम्बन्धी विषयमा सक्रिय रूपमा छलफल गर्नुभएको थियोे ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...