बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै

Published on

काठमाडौँ । रुपन्देहीको भैरहवामा सरकारीस्तरबाट निर्माण गरिरहेको सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको करिब डेढ दशक बितिसक्दा समेत अधुरै रहेको छ । बहुवर्षीय ठेक्क नहुँदा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना वर्षौंदेखि अलपत्र बनेको हो । डेढ दशकमा करिब १६ प्रतिशत मात्रै काम भएको छ ।

न्यून बजेट आउँदा डीपीआर अनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान यति नै समयमा बन्छ भन्ने यकिन छैन । क्रिकेट मैदान बनाउन अहिलेसम्म करिब १२ करोड रुपियाँ खर्च भइसकेको छ । ०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतीकोे काम भने कछुवा गतिमा छ । मैदानमा सात हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाएको छ ।

डीपीआर अनुसार त्यो बेला मैदान बनाउन कम्तिमा ३८ करोड रुपियाँ लाग्ने जनाइएको थियो । तर पछिल्ला वर्षहरुमा बजेट नै विनियोजन हुन छाडेको छ । जसले गर्दा पूरानै डीपीआर अनुसार काम गर्दा पनि अहिलेको अवस्थामा कम्तिमा ७० करोडभन्दा बढी लागत लाग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा बताउनुभयो ।

अहिलेको जस्तै सुस्त गतिमा काम हुने हो भने अझै २५ वर्ष मैदान अन्तर्राष्ट्रिय स्तर रङ्गशाला निर्माण नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । यहाँ अहिलेसम्म तीन करोड लागतमा हल, खेलाडी बक्स र शौचालयसहितको तीन तल्ले भीआइपी प्याराफिट निर्माण गरिएको छ । यहाँ सुरुमा एक करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालयसहित एक तल्लाको प्याभेलियन भवन निर्माण गरिएको थियो ।

त्यसपछि मैदान सम्माउन तीन वर्ष लगाइयो । यहाँ अहिलेसम्म प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, एक करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । तर सरकारले बहुवर्षीया योजनामा राखेर रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भने पनि बजेट छुट्याउनै छाडेको छ । समय समयमा ताँती लागेर मैदान अवलोकन गर्न आउने विभागीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र खेलकुद परिषद्का पदाअधिकारीले भने पर्याप्त बजेट छुट्याउँछौं भनेर आश्वासन दिन्छन् । तर बजेट नछुट्याउँदा रङ्गशाला निर्माण कछुवा गतिमा भइरहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...