घरमै सुत्केरी हुने दर शून्य बनाइने

Published on

काठमाडौँ । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन ज्वालामुखी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप ज्वालामुखी गाउँपालिकाले वडावडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनुभयो ।

घरमै सुत्केरी हुने दरलाई शून्यमा पुर्‍याउने लक्ष्य हासिल गर्न समिक्षा तथा सूक्ष्म योजना तर्जुमा कार्यक्रम सञ्चालन गरिएको पनि श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले बिहीवार र शुक्रवार दुईदिन समीक्षा तथा सूक्ष्म योजना तर्जुमा कार्यक्रम आयोजना गरेको छ । बिहीवार पहिलो दिनको कार्यक्रम शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन द्रुत गतिमा काम अगाडि बढाएको बताउनुभयो ।

गाउँपालिकाको वडा नं। १, २ र ३ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिसकेको बताउँदै अध्यक्ष दनैले अब छिट्टै सिङ्गो गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने पनि बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्दछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...