घरमै सुत्केरी हुने दर शून्य बनाइने

Published on

काठमाडौँ । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन ज्वालामुखी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप ज्वालामुखी गाउँपालिकाले वडावडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानका रूपमा जोड दिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनुभयो ।

घरमै सुत्केरी हुने दरलाई शून्यमा पुर्‍याउने लक्ष्य हासिल गर्न समिक्षा तथा सूक्ष्म योजना तर्जुमा कार्यक्रम सञ्चालन गरिएको पनि श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले बिहीवार र शुक्रवार दुईदिन समीक्षा तथा सूक्ष्म योजना तर्जुमा कार्यक्रम आयोजना गरेको छ । बिहीवार पहिलो दिनको कार्यक्रम शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन द्रुत गतिमा काम अगाडि बढाएको बताउनुभयो ।

गाउँपालिकाको वडा नं। १, २ र ३ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिसकेको बताउँदै अध्यक्ष दनैले अब छिट्टै सिङ्गो गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने पनि बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न नौ वटा सेवा पाएको हुनुपर्छ । बच्चा गर्भमा रहेको बेला चार पटक जाँच भएको, आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्दछ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...