बालबालिकामा मुटुको समस्या

Published on

काठमाडौँ । इलामका बालबालिकाको मुटु परीक्षण गर्दा कलिलै उमेरमा मुटुको समस्या रहेको पाइएको छ । नेपाल हर्ट फाउन्डेसन इलामको आयोजनामा सदरमुकामस्थित आदर्श मावि र उमर उच्च माविमा रहेका बालबालिको मुटुसम्बन्धी स्वास्थ्य परिक्षण गर्दा २१ जनाको मुटुमा समस्या देखिएको हो ।

तीमध्ये आठ जनाको तत्काल शल्यक्रिया गर्नुुपर्ने अवस्था रहेको चिकित्सकहरुले सुुझाएका छन् । दुई विद्यालयलाई केन्द्र बनाई गरिएको मुटुको स्वास्थ्य परीक्षणमा आदर्श माविमा सात र अमरमा १६ विद्यालयका विद्यार्थी सहभागी थिए । दुई विद्यालयमा जम्मा तीन हजार आठ सय ८६ जनाको मुटु परीक्षण गर्दा यो समस्या देखिएको फाउन्डेसन सचिव रीता अधिकारीले बताउनुभयो । गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु जाँच गर्नुभएको थियो । मुटुमा शल्यक्रिया गर्नुपर्ने बालबालिकाको सम्पूर्ण उपचार गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने गरिने पनि अधिकारीले जानकारी दिनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...