ग्रामीण क्षेत्रमा बैंक प्रभावकारी भएन : मन्त्री भण्डारी

Published on

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताउनुभएको छ । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्र रमाउन नहुने बताउनुभयो । उहाँले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गर्नुभयो ।

उद्योग मन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकारको निर्देशन अनरुप स्थानीय तहमा बैंकहरु पुगे पनि आयोजनाको बजेट भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाँडेर मात्र बैंकिङ पहुँच सुदृढ नहुने बताउनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमाभन्दा पनि अन्तै बरालिँदै आएको बताउनुभयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल, जङ्गल, जमिन, खानी, उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताउनुभयो । उहाँले अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई फर्काउनु पर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी बैंकिङ पुहँचमा तथ्याङ्कमा मात्र रमाउनु मात्रै हुँदैन । पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगेको छ । तर बैंकहरुले स्थानीय तहमा गरेको काम चित्तबुझ्दो छैन । बैंकरुको परिणाम राम्रो छैन । बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक सम्भावना भएको ग्रामीण क्षेत्र त्यहाँ वित्तीय क्षेत्रले सम्भावनाको खोजी गर्न सकेन भन्ने मेरो मान्यता हो ।”

सरकारले स्थानीय तहमा बैंकहरु जानुपर्छ र बैंक खोल्नुपर्छ भनेर निर्देशन गर्यौं, सानो आकारको भए पनि आयोजना र बजेट जाने भएकाले त्यसको भुक्तानी गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता दिनुपर्छ । त्यही कारोबार गरेर बैंकिङ पहुँच सुदृढ भएको छ भन्ने हाम्रो निष्कर्ष छ । बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमाभन्दा पनि अन्तै बरालिँदै छौं ।”

“हाम्रो सम्भावना जल, जङ्गल, जमिन, खानी, उद्योग भनिरहेका छौं । तर त्यो कुरा बैंकहरुले छाडेको छ । अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था छ । त्यसैले मुलुकभित्रका सम्भावनालाई छोड्दै गएका छौं । त्यसलाई फर्काउनु पर्नेछ । हामीले कृषि र उद्योगबाट उत्पादनमा जोड दिने भनेका छौं, तर बैंकको कृषिमा मात्र लगानी कति छ रु पछिल्लो समय बैंकहरुसँग उद्योगीहरु क्रसित नै छन् । निजी क्षेत्र नै वित्तिय क्षेत्र हो । उद्योगबाट नाफा नहुँदा बैंकबाट नाफा कमाउने उद्योगी व्यवसायीहरु छन्’ उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारसँगस निजी क्षेत्र, बैंकर्स र उद्योगी व्यवसायीले खोजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताउनुभयो । उहाँले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महशुस गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताउनुभयो । उहाँले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताउनुभयो । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...