जय ट्रफी दुई दिवसीय क्रिकेट सुरु

Published on

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रङ्शालामा मधेश प्रदेश र बागमती प्रदेशबिच खेल सुरु भएको हो । मधेश प्रदेशले टस जितेर ब्याटिङ रोजेको छ । मौसमको खराबीले खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ । हुस्सुले गर्दा खेल ढिलो सुरु भएको आयोजकले जनाएको छ । त्यस्तै वीरगङ्गस्थित नारायणी रङ्शालामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगङ्जमा हुँदैछ । गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लब यस प्रतियोगितामा सहभागी छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...