कुहिरो लक्षित अभियानमा ट्राफिक प्रहरी

Published on

काठमाडौँ । कुहिरोको कारणले हुने दुर्घटनाको सम्भावित जोखिम कम गर्न कपिलवस्तु ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । राजमार्गमा चल्ने सवारीसाधन र यात्रुको सडक सुरक्षाको लागी ट्राफिक प्रहरीले अभियानको रूपमा विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । जाडो मौसममा विभिन्न स्थानमा बाक्लो हुस्सु लाग्ने र यसका कारण सवारी दुर्घटना हुने सम्भावना उच्च हुने गर्छ । यस्तो अवस्थामा दुर्घटना हुँदा धेरै क्षति हुने सम्भावना भएकोले जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी सक्रिय बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताउनुभयो ।

ट्राफिक प्रहरीले घना हुस्सु हुने क्षेत्रको सवारी चालकलाई जानकारी दिने गरेको छ । सवारी चालकहरूलाई सावधानी अपनाउन निर्देशन दिने, र गति सीमा अनुगमन गर्ने कामलाई प्राथमिकतामा राखेको छ । इन्डिकेटर समेत नदेखिने गरी अत्यधिक लोड लिएर आउने भुस, पराल बोक्ने ट्रकलाई नियन्त्रणलाई बढी भएको सामाग्री अर्कोमा पल्टी गर्ने गरेको कार्यालयका प्रहरी नायव निरीक्षक चूडामणि पोख्रेलले बताउनुभयो । यसैगरी न्यून प्रकाशमा देख्नको लागी साइकल अटो रिक्सा, ट्याक्टरको टालीमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, बिहान र साँझ चेकजाँच गर्ने, सवारी चालक, स्कुले विद्यार्थी र यात्रीका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चालकहरूलाई सुरक्षित यात्रा कसरी गर्ने, हुस्सुका बेला दुर्घटनाबाट कसरी बच्ने भन्नेबारे जानकारी दिइएको छ । हुस्सु लाग्ने समयलाई ध्यानमा राख्दै सम्वेदनशील स्थानहरूमा ट्राफिक प्रहरी खटाइएको कार्यालयले जनाएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...