कुहिरो लक्षित अभियानमा ट्राफिक प्रहरी

Published on

काठमाडौँ । कुहिरोको कारणले हुने दुर्घटनाको सम्भावित जोखिम कम गर्न कपिलवस्तु ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । राजमार्गमा चल्ने सवारीसाधन र यात्रुको सडक सुरक्षाको लागी ट्राफिक प्रहरीले अभियानको रूपमा विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । जाडो मौसममा विभिन्न स्थानमा बाक्लो हुस्सु लाग्ने र यसका कारण सवारी दुर्घटना हुने सम्भावना उच्च हुने गर्छ । यस्तो अवस्थामा दुर्घटना हुँदा धेरै क्षति हुने सम्भावना भएकोले जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी सक्रिय बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताउनुभयो ।

ट्राफिक प्रहरीले घना हुस्सु हुने क्षेत्रको सवारी चालकलाई जानकारी दिने गरेको छ । सवारी चालकहरूलाई सावधानी अपनाउन निर्देशन दिने, र गति सीमा अनुगमन गर्ने कामलाई प्राथमिकतामा राखेको छ । इन्डिकेटर समेत नदेखिने गरी अत्यधिक लोड लिएर आउने भुस, पराल बोक्ने ट्रकलाई नियन्त्रणलाई बढी भएको सामाग्री अर्कोमा पल्टी गर्ने गरेको कार्यालयका प्रहरी नायव निरीक्षक चूडामणि पोख्रेलले बताउनुभयो । यसैगरी न्यून प्रकाशमा देख्नको लागी साइकल अटो रिक्सा, ट्याक्टरको टालीमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, बिहान र साँझ चेकजाँच गर्ने, सवारी चालक, स्कुले विद्यार्थी र यात्रीका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चालकहरूलाई सुरक्षित यात्रा कसरी गर्ने, हुस्सुका बेला दुर्घटनाबाट कसरी बच्ने भन्नेबारे जानकारी दिइएको छ । हुस्सु लाग्ने समयलाई ध्यानमा राख्दै सम्वेदनशील स्थानहरूमा ट्राफिक प्रहरी खटाइएको कार्यालयले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...