छ महिनामा चार मुख्य भन्सार कार्यालयको राजस्व सङ्कलन ७५ प्रतिशत

Published on

काठमाडाैँ । चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयले ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजस्व सङ्कलन गरेका हुन् । चार भन्सार कार्यालयले लक्ष्यअनुसार नै राजस्व सङ्कलन गरेको बताएका छन् । समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व सङ्कलन गरेको छ । जसमा भारततर्फका वीरगञ्ज, विराटनगर, मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व सङ्कलन गत वर्षको तुलनामा ६३ अर्ब अर्थात् १३  प्रतिशत वृद्धि गरेको छ । सरकारले गत आर्थिक वर्षको पुस मसान्तसम्म चार खर्ब ९६ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको थियो । सरकारको लक्ष्यअनुसार चार भन्सार कार्यालयहरुले ६ महिनाको अवधिमा ७५ प्रतिशत राजस्व सङ्कलन गरेको दाबी गरेका छन् । केही दिनअघि प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा सहभागि चार भन्सार प्रमुखले यस्तो दाबी गरेका हुन् । भन्सार प्रमुखहरुले गत वर्षको तुलनामा भन्सारमा राजस्व वृद्धि भएको बताए ।

वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेले चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशतमा राजस्व सङ्कलन भएको भन्दै पर्सामा ९० प्रतिशत पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास र पुरानो भन्सार कार्यालयबाट यात्रुशाखा व्यवस्थान गरी भन्सारमा सहज वातावरण बनाएको उल्लेख गर्नुभयो । प्रमुख लामिछानेले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । पुस महिनामा ९० प्रतिशत पुग्छौं । चालु आवको ६ महिनामा ७५ प्रतिशतमा छौं । भन्सारमा साइसीपीमार्फत मालवस्तुहरुको जाँचपास हुन्छ । यात्री शाखा व्यवस्थापन पुरानो भन्सार कार्यालयबाट भइरहेको छ ।’’

उहाँले बिदाको दिन करिव पाँच हजार अन्य दिनमा २५ सय सवारीसाधन बिल काटेर नेपाल प्रवेश गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्सार कार्यालयले यात्री शाखालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनुभयो । उहाँले स्थानीयहरुको मागअनुसार बिहान ५ देखि राति ११ बजेसम्म सञ्चालन गरेको बताउनुभयो । उहाँले औद्योगिक कच्चा पदार्थ, सवारी साधन,कच्चा तेल खाद्यन्न लगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेड जोनबाट सामानहरु पास गरेको बताउनुभयो । उहाँले व्यापार सहजिकरण, जोखिम व्यवस्थापन गर्नेगरी छिटो, छरितो र व्यवस्थित गरेकाले राजस्व सङ्कलनमा वृद्धि भएको दाबी गर्नुभयो

प्रमुख लामिछानेले भन्नुभयो, ‘‘औद्योगिक कच्चा पदार्थ, सवारी साधन, कच्चा तेल खाद्यन्नलगायतका वस्तुहरुलाई हेर्दा करिव २७ प्रतिशत मात्रै रेर्ड जोनबाट सामानहरु पास गछौं । बाँकी एलो र ग्रिनबाट जान्छ । व्यापार सहजिकरण, व्यवसायीहरुको समय व्यवस्थापन र जोखिम व्यवस्थापन गर्ने गरी छिटो छरितो र व्यवस्थित गरेका छौं ।’’ यसैगरी, विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालले विराटनगर भन्सार कार्यालयले राजस्वमा ८ प्रतिशत योगदान गर्ने गरेको बताउनुभयो । उहाँले वार्षिक ४१ अर्ब ५५ करोडको लक्ष्य तोकिएकोमा मङ्सिरसम्म ७५ प्रतिशत राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँले पुससम्म शतप्रतिशतको अवस्था रहेको जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा भन्सारमा राजस्व सङ्कलन सुधार हुने सङ्केत देखिएको बताउनुभयो । उहाँले यस वर्ष राजस्वको लक्ष्य पूरा गर्ने अपेक्षा रहेको पनि बताउनुभयो । उहाँले वैदेशिक व्यापारमा गत वर्षको तुलनामा २ प्रतिशत कमी रहे पनि निर्यातमा तेलको निकासीले ६ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । विराटनगर भन्सार प्रमुख ढकालले भन्नुभयो, ‘‘विराटनगर भन्सार कार्यालय सविधाको हिसावले सुविधा सम्पन्न कार्यालयभित्र पर्छ । आइसीपी पनि व्यवस्थित छ भने रेल सेवा समेत उपलब्ध छ । कार्गो रेल उद्घाटन भए पनि निरन्तर रुपमा सञ्चालन गर्न सकिएको छैन । वैदेशिक व्यापारको सन्दर्भमा हेर्दा गत वर्षको तुलनामा २ प्रतिशत कमजोर छौं । निर्यातमा ६ प्रतिशतले माथि छौं । जुन तेलको निकासी बढेको छ ।’’

त्यस्तै, मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले चालु आर्थिक वर्षको ६ महिनामा मङ्सिरसम्म ९० प्रतिशतको राजस्व सङ्कलन गरेको बताउनुभयो । उहाँले मेची भन्सारमा २०८०/०८१ मा १४ अर्ब २३ करोडको राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड सङ्कलन गर्ने लक्ष्य राखेकोमा मङ्सिरसम्म ९० प्रतिशतको राजस्व सङ्कलन गरेको बताउनुभयो । उहाँले मङ्सिरमा मात्रै मेची भन्सार कार्यालयको राजस्व सङ्कलन १०६ प्रतिशत भएको बताउनुभयो ।

चीन तर्फको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत कमलकुमार भट्टराईले तातोपानी भन्सार कार्यालयले २२ अर्ब राजस्व सङ्कलन हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष १३ अर्ब सङ्कलन भएकोमा चालु आर्थिक वर्षको मङ्सिरसम्म ८६ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । उहाँले अघिल्लो वर्षको तुलनामा तातोपानी भन्सार कार्यालयले ८१ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि गरेको पनि बताउनुभयो । उहाँले कोभिड र भूकम्पका कारणले चीनसँगको व्यापार समुन्द्रबाट हुँदा भन्सारमा राजस्व सङ्कलन कम भए पनि अहिले विस्तारै वृद्धि हुँदा राजस्व सङ्कलनमा वृद्धि भएको दाबी गर्नुभयो । उहाँले विद्युतीय सवारी साधनको व्यापार चीनतर्फ बढी हुन थालेकाले चीनसँगको व्यापार बढ्दो अवस्थामा रहेको बताउनुभयो ।

भन्सार अधिकृत भट्टराईले भारतभन्दा चीनतर्फको भन्सारमा यात्रु व्यवस्थापन सजिलो रहेको बताउनुभयो । उहाँले भिसा नलिई चीन जान/आउन नपाउने हुँदा समस्या नरहेको जानकारी दिनुभयो । नचालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । तर चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि पूरा भएको छैन । सरकारको लक्ष्य पूरा हुनका लागि अबको ६ महिनामा आठ खर्बको राजस्व सङ्कलन गर्नुपर्ने आवश्यकता छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...