बागमतीविरुद्ध कोशी प्रदेशको रोमाञ्चक जित

Published on

काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशले रोमाञ्चक जित हात पारेको छ। खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको समूह बीको खेलमा कोशीले १० रनले बागमती प्रदेशलाई पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको लागि निम्त्याइएको कोशीले १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनाएको थियो । कोशीको लागि बिमला मलाहाले १९ र कप्तान रुविना क्षेत्रीले १५ रन बनाउनुभयो । अरु ब्याटरकोे प्रदर्शन उल्लेखनीय रहन सकेन ।

बागमतीका लागि मनिषा उपाध्यायले एक्लै चार विकेट लिएपछि कोशीले निर्धारित ओभरमा चुनौतीपूर्ण लक्ष्य दिने गरी रन बनाउन सकेन । तर जवाफी ब्याटिङ गरेको बागमतीको प्रदर्शन राम्रो रहन सकेन । ६४ रनको जित लक्ष्य पछ्याएको बागमती पाँच बल खेल्न बाँकी छँदै आफ्नो सबै विकेट गुमाएर ५३ रनमा सीमित भयो । बागमतीका लागि सविका यादवले २० र विपिषा शाहीले १२ रन बनाउनुभयो । बागमतीलाई जितबाट रोक्ने क्रममा कोशीका कप्तान रुविना क्षेत्री, ज्योती दनुवार र संगीता राईले दुई(दुई विकेट लिनुभयो । खेलमा कोशीका कप्तान क्षेत्री प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...