बागमतीविरुद्ध कोशी प्रदेशको रोमाञ्चक जित

Published on

काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशले रोमाञ्चक जित हात पारेको छ। खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको समूह बीको खेलमा कोशीले १० रनले बागमती प्रदेशलाई पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको लागि निम्त्याइएको कोशीले १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनाएको थियो । कोशीको लागि बिमला मलाहाले १९ र कप्तान रुविना क्षेत्रीले १५ रन बनाउनुभयो । अरु ब्याटरकोे प्रदर्शन उल्लेखनीय रहन सकेन ।

बागमतीका लागि मनिषा उपाध्यायले एक्लै चार विकेट लिएपछि कोशीले निर्धारित ओभरमा चुनौतीपूर्ण लक्ष्य दिने गरी रन बनाउन सकेन । तर जवाफी ब्याटिङ गरेको बागमतीको प्रदर्शन राम्रो रहन सकेन । ६४ रनको जित लक्ष्य पछ्याएको बागमती पाँच बल खेल्न बाँकी छँदै आफ्नो सबै विकेट गुमाएर ५३ रनमा सीमित भयो । बागमतीका लागि सविका यादवले २० र विपिषा शाहीले १२ रन बनाउनुभयो । बागमतीलाई जितबाट रोक्ने क्रममा कोशीका कप्तान रुविना क्षेत्री, ज्योती दनुवार र संगीता राईले दुई(दुई विकेट लिनुभयो । खेलमा कोशीका कप्तान क्षेत्री प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...