सभापतिको निर्वाचन कार्य तालिका प्रकाशन गर्न निर्देशन

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको विषयगत समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सभामुख भीमबहादुर भण्डारीले निर्देशन दिनु भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा उहाँले प्रदेश सभा सचिवालयका सचिवलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिनु भएको हो । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद् रिक्त रहेको छ । यसअघि, सभापतिको निर्वाचन घोषणा गरिए पनि दलहरुबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो ।

सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिनु भएको छ । यस्तै, चार महिनापछि आज बसेको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै दलका नेताहरुले प्रदेश सरकारको औचित्य हुने गरी काम गर्न सरकारलाई आग्रह गर्नु भएको छ । विशेष समयमा नेपाली कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामी, नेकपा ९एमाले० को संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका मुख्य सचेतक रामेश्वर चौधरी बोल्नु भएको थियो । यसैगरी, नेकपा ९एकीकृत समाजवादी० को दलका नेता प्रकाश रावल, राप्रपाको दलका नेता खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशी बोल्नु भएको थियो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...