सभापतिको निर्वाचन कार्य तालिका प्रकाशन गर्न निर्देशन

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको विषयगत समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सभामुख भीमबहादुर भण्डारीले निर्देशन दिनु भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा उहाँले प्रदेश सभा सचिवालयका सचिवलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिनु भएको हो । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद् रिक्त रहेको छ । यसअघि, सभापतिको निर्वाचन घोषणा गरिए पनि दलहरुबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो ।

सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिनु भएको छ । यस्तै, चार महिनापछि आज बसेको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै दलका नेताहरुले प्रदेश सरकारको औचित्य हुने गरी काम गर्न सरकारलाई आग्रह गर्नु भएको छ । विशेष समयमा नेपाली कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामी, नेकपा ९एमाले० को संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका मुख्य सचेतक रामेश्वर चौधरी बोल्नु भएको थियो । यसैगरी, नेकपा ९एकीकृत समाजवादी० को दलका नेता प्रकाश रावल, राप्रपाको दलका नेता खेमादेवी विष्ट र स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशी बोल्नु भएको थियो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...