प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

Published on

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई सात विकेटले हरायो । जितका लागि ४१ रनको सामान्य लक्ष्य पाएको बागमातीले ६.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बागमतीका लागि याशु पाण्डेले १९ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मधेशका लागि रोजी कडारीले दुई विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले १५.५ ओभरमा सबै विकेटको क्षतिमा ४० रन बनाएको थियो । मधेशका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रनब नाउन सकेनन् । बलिङमा बागमतीका लागि कप्तान कञ्चन श्रेष्ठले चार विकेट लिनुभयो । विपिशा शाहीले दुई तथा सोनु खड्का र मनिषा उपाध्यायले एकएक विकेट लिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...