प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

Published on

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई सात विकेटले हरायो । जितका लागि ४१ रनको सामान्य लक्ष्य पाएको बागमातीले ६.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बागमतीका लागि याशु पाण्डेले १९ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मधेशका लागि रोजी कडारीले दुई विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले १५.५ ओभरमा सबै विकेटको क्षतिमा ४० रन बनाएको थियो । मधेशका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रनब नाउन सकेनन् । बलिङमा बागमतीका लागि कप्तान कञ्चन श्रेष्ठले चार विकेट लिनुभयो । विपिशा शाहीले दुई तथा सोनु खड्का र मनिषा उपाध्यायले एकएक विकेट लिनुभयो ।

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...