सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

Published on

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात पारेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा वालिङले बागमती युवा क्लबलाई ३–१ गोलले हरायो । वालिङको जितमा सुस्मा तामाङले ह्याट्रिक गर्नुभयो । बागमतीका लागि सारा लिम्बुले सान्त्वना गोल गर्नुभयो । पहिलो जितसँगै वालिङले आठ खेलबाट तीन अङ्क बनायो । यसअघिनै प्लेअफबाट बाहिरिएको वालिङले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो । पराजित बागमतीले समान खेलबाट चार अङ्क बनाएको छ । वालिङकी सुस्मा तामाङ प्लेयर अफ दि म्याच हुनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...