योजनाको डिपिआर नै कपिपेस्ट हुँदा समस्या: मुख्यमन्त्री लामा

Published on

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्ताव नै कपी पेस्ट हुँदा आयोजना निर्माण र दीगोपनामा समस्या निम्तिएको बताउनुभएको छ । सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्मर्सको आयोजनामा (स्केफ) मोटरेबल पुलको डिजाइनसम्बन्धि एक हप्ते तालिमको यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले मोटरेबल पुलमा मात्र नभए र अब सडकमा पनि डिजाइन एन्ड बिल्टको अवधारणा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले डिजाइन एन्ड बिल्टको अवधारणामा पक्की पुल निर्माण सुरु नगरेको भए नेपालमा अहिले जति पुल बनेका छन् त्यति सङ्ख्यामा पुल बन्दैन थिए भन्दै विगतदेखि नै नेपालमा पुलको डिजाइन बन्ने तर पुल नबन्ने गरेको समस्या रहेको सुनाउनुभयो । उहाँले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) र परामर्शदाताको काममा कपी पेस्ट रोक्नु आवश्यक भएको भन्दै अहिले पूर्वाधार निर्माण जग्गा प्राप्तिसम्बन्धी प्रक्रियाले समस्या भइरहेको बताउनुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सकिल मानन्धरले स्वीस सरकारसँग पछिल्लो चरणमा भएको सम्झौता अनुसार इन्जिनियरहरुलाई मोटरेबल पुलसम्बन्धी क्षमता र ज्ञान वृद्धि गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।

तालिम आयोजक संस्थाका स्केफका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको पूर्वदेखि पश्चिमसम्मका एक हजार ३५० भन्दा बढी इन्जिनियरलाई संस्थाले तालिम प्रदान गरिसकेको बताउनुभयो । कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्कर प्रसाद पोखरेल, स्केफका कार्यसमिति सदस्य नवीन घिसिङ, सडक डिभिजन कार्यालय हेटौँडामा प्रमुख गुरुप्रसाद अधिकारी, प्रशिक्षार्थी कृष्णप्रसाद खनालले तालिमबाट गुणस्तरीय पुललगायतका संरचना बनाउने ज्ञान हासिल हुने बताउनुभयो । सात दिने तालिममा सङ्घीय सरकार, बागमति प्रदेश सरकार र निजी कम्पनीका ४३ जना इन्जिनियरहको सहभागिता रहेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...