योजनाको डिपिआर नै कपिपेस्ट हुँदा समस्या: मुख्यमन्त्री लामा

Published on

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्ताव नै कपी पेस्ट हुँदा आयोजना निर्माण र दीगोपनामा समस्या निम्तिएको बताउनुभएको छ । सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्मर्सको आयोजनामा (स्केफ) मोटरेबल पुलको डिजाइनसम्बन्धि एक हप्ते तालिमको यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले मोटरेबल पुलमा मात्र नभए र अब सडकमा पनि डिजाइन एन्ड बिल्टको अवधारणा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले डिजाइन एन्ड बिल्टको अवधारणामा पक्की पुल निर्माण सुरु नगरेको भए नेपालमा अहिले जति पुल बनेका छन् त्यति सङ्ख्यामा पुल बन्दैन थिए भन्दै विगतदेखि नै नेपालमा पुलको डिजाइन बन्ने तर पुल नबन्ने गरेको समस्या रहेको सुनाउनुभयो । उहाँले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) र परामर्शदाताको काममा कपी पेस्ट रोक्नु आवश्यक भएको भन्दै अहिले पूर्वाधार निर्माण जग्गा प्राप्तिसम्बन्धी प्रक्रियाले समस्या भइरहेको बताउनुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सकिल मानन्धरले स्वीस सरकारसँग पछिल्लो चरणमा भएको सम्झौता अनुसार इन्जिनियरहरुलाई मोटरेबल पुलसम्बन्धी क्षमता र ज्ञान वृद्धि गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।

तालिम आयोजक संस्थाका स्केफका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको पूर्वदेखि पश्चिमसम्मका एक हजार ३५० भन्दा बढी इन्जिनियरलाई संस्थाले तालिम प्रदान गरिसकेको बताउनुभयो । कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्कर प्रसाद पोखरेल, स्केफका कार्यसमिति सदस्य नवीन घिसिङ, सडक डिभिजन कार्यालय हेटौँडामा प्रमुख गुरुप्रसाद अधिकारी, प्रशिक्षार्थी कृष्णप्रसाद खनालले तालिमबाट गुणस्तरीय पुललगायतका संरचना बनाउने ज्ञान हासिल हुने बताउनुभयो । सात दिने तालिममा सङ्घीय सरकार, बागमति प्रदेश सरकार र निजी कम्पनीका ४३ जना इन्जिनियरहको सहभागिता रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...