पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने

Published on

काठमाडौँ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मूल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ ।

महोत्सव आगामी फाल्गुन ९ गतेदेखि १५ गतेसम्म चल्नेछ । यसअघि पुम्दिकोटमा २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । पर्यटकीय राजधानी पोखरा आउने पर्यटकको बसाई एक दिन लम्ब्याउने उद्देश्य अनुरुप साझको समयमा विशाल शिवको मुर्तिलाइ पर्दा बनाइ लेजर लाइट मार्फत शिवलिला प्रदर्शन गर्ने, कैलाश पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँच विस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा इको साउन्ड नियन्त्रण गर्ने जस्ता रणनैतिक लक्ष्य महोत्सवले राखेको छ भने समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा दैनिक कथा वाचिका राधिका दासिबाट भागवतमन्जरी वाचन हुनेछ । यसैबिच, पुम्दिकोट धार्मिक महोत्सवका लागि मुल आयोजक समिती गठन गरिएको छ । पुम्दिकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा महोत्सव मुल आयोजक समिती गठन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले पालिकाको यो वडाभित्र पर्ने धार्मिक सरचना र कार्यक्रमको लागि आफुले पालिकाले लिनुपर्ने सबै जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभयो । उहाँले यो धार्मिक सरचनालाई अझै बृहत् र आकर्षक बनाउदै लैजानुपर्ने आवश्यकता रहेको र त्यसको पहलकदमी आफुले लिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सांसद प्रकाश बरालले पशुपतिनाथ पछाडी सबैभन्दा धेरै पर्यटक आउने यो धार्मिक स्थलमा पर्यटकीय आतिथ्यतामा पनि विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...