दिगो पुनर्निर्माणमा जोड

Published on

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा जोड दिइएको छ । भूकम्प प्रभावित क्षेत्रमा एकीकृत भूकम्प पुनर्लाभ कार्ययोजना अन्तर्गतका विभिन्न काम गरेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सुरक्षित, दिगो र हरित प्रविधिमा आधारित विकासमा जोड दिएको हो । बेलायत सरकारको सहयोगमा सञ्चालित उक्त कार्यक्रमबारे रुकुमपश्चिममा भएको सिकाइ कार्यशालामा आइओएमका नेपाल प्रमुख हेलेन फोर्सले छोटो समयमा स्थानीय सरकारसँगको समन्वयमा भूकम्प पुनर्लाभको कार्य गरेको र दिगो पुनर्निर्माणका लागि सफल कार्य गरेको बताउनुभयो । उहाँले हरित प्रविधिमैत्री र दिगो विकास लक्ष्यमा आधारित भएर गरेका कामले सकारात्मक प्रतिफल दिएकाले निरन्तरता दिनुपर्ने बताउनुभयो । आइओएमले सामाजिक प्राविधिक सहयोग, आवास सहायता र पुनस्र्थापना तथा पुनर्निर्माणका लागि काम गरेको उहाँले जानकारी गराउनुभयो ।

आइओएमका सामाजिक परिचालन सहायक कमल महतले दुई जिल्लामा २६ जना भूकम्प प्रभावितलाई नमुना घर निर्माण गरेर हस्तान्तरण गरिएको बताउनुभयो । स्थानीय तहको सिफारिसमा अति विपन्न, अपाङ्गता भएका, दलित तथा सीमान्तकृत समुदायका व्यक्तिका लागि नमुना घर निर्माण गरिएको हो । उहाँले सिएसइबी प्रविधिमा आधारित इँटा व्यवसाय सञ्चालनका लागि २८ व्यवसायीलाई सहयोग गरेको जानकारी दिनुभयो । सामाजिक परिचालन सहायक महतले सुरक्षित आवास सचेतना, स्थानीय सरकारलाई नीति तथा योजना निर्माणमा सहयोग, सामाजिक सचेतना अभियान, स्थानीय सरकारको सशक्तीकरण, स्थानीय जनशक्तिको सिप तथा क्षमता विकासलगायतका क्षेत्रमा सहयोग गरेको उल्लेख गर्नुभयो ।

मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले आइओएमले सञ्चालन गरेको एकिकृत भूकम्प पुनर्लाभ कार्ययोजना अन्तर्गत विभिन्न गतिविधि छोटो समयमा पनि प्रभावकारी रहेको बताउनुभयो । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले छोटो समयमै उल्लेखनीय काम भएको र आगामी दिनमा पनि भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने आशा रहेको बताउनुभयो । भूकम्पमा आफ्नी श्रीमती र छोरी गुमाएका सानीभेरी गाउँपालिकाका गोपाल दमाईले नमुना घर सुरक्षित भएर बस्न पाएको बताउनुभयो । इँटा उद्योगी गोविन्द ओलीले इन्टरलक ब्लक उत्पादनका लागि प्राविधिक र मेसिनरी सहयोग पाएको र भूकम्पले भत्काएका सपना लयमा फर्कन थालेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकसहित छ वटै पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, भूकम्प प्रभावित लाभग्राही, जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...