गृहमन्त्री लेखक र एडिबी निर्देशकबिच भेटवार्ता

Published on

काठमाडाैँ । एसियाली विकास बैंक (एडिबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

साथै मन्त्री लेखकले पुर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमुना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडिबीसित आग्रह गर्नुभयो ।

त्यसैगरी मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबिच सुदूरपश्चिममा चार पालिकामा एडिबीको सहयोगमा बनिरहेका आधुनिक सहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।
एडिबी प्रतिनिधिहरूसितको छलफलमा मन्त्री लेखकले गत वर्ष एडिबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको सर्वे रिपोर्ट कार्यान्वयनमा समेत जोड दिनुभयो । एडिबीका निर्देशक आर्नो कोस्वाले उक्त विषयमा एडिबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताउनुभयो ।

spot_img

ताजा समाचार

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...