जङ्गलमा मृत भेटिएका दुई किशोरीका शव परीक्षण नेपालगञ्जमा हुने

Published on

काठमाडौँ । जङ्गलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगन्जमा पोस्टमार्टम हुने भएको छ। गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगन्ज लाने तयारी प्रहरीले गरेको हो। घटनास्थलकोे मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। घटना शङ्कास्पद भएको र राम्ररी परीक्षणपछि आशङ्का नहोस् भनेर प्रहरीले शव नेपालगन्ज लैजान लागेको हो।

घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ। शुक्रबार दिउँसो गोठालो गएकी सरस्वती र इशरा खड्काको शव शनिबार साँझ भेटिएको थियो। मृतक दुवै जना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययरत थिए। घटनाका बारेमा थप जानकारी लिन आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी प्रमुख भण्डारी र अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...