मादी नदीको पुल निर्माण तीव्र गतिमा

Published on

काठमाडौँ । नेपालमै पहिलो पटक तनहुँमा बन्न लागेको चारलेनको पुल निर्माण धमाधम भइरहेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ६० प्रतिशत सकिएको मुग्लिन–पोखरा सडक योजना पूर्वखण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको आयोजनाले जनाएको छ । उक्त पुलका छ वटा स्पान हुनेछन् । सन् २०२२ अगस्ट ११ मा पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो ।

पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल नेपालमै पहिलो पटक चारलेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो । निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि साइड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले काम छिटो सम्पन्न गर्न एक सय २५ जना कामदार दैनिक खटिएको जानकारी दिनुभयो । पुलको डिजाइन परिवर्तन गर्दा ढिलाइ भएकाले केही ढिलो भएको बताउनुभयो । लामगादेले भन्नुभयो, ‘‘काम तदारुकताका साथ भइरहेको छ डिजाइनका क्रममा छ महिना ढिला नभएको भए ८० प्रतिशत काम पूरा भइसक्थ्यो ।’’

आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो । सुपरभाइजर चित्रबहादुर कार्कीले तरुकताका साथ काम भइरहेको बताउनुभयो । दैनिक १० घण्टा कामदारहरु खटिएका छन् । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...