गृहमन्त्री लेखकको भनाई

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको वाहक र संरक्षक भएको बतानुभएको छ । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताउनुभयो ।

“ हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ ।” मन्त्री लेखकले भन्नुभयो–“ स्वतन्त्र, व्यवसायिक, निश्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।” उहाँले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यवसायिकता माथि र निश्पक्ष रुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभुत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाउनुभयो ।

पत्रकारिता पनि मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । “कपोकल्पित समाचारहरु सम्प्रेषण गर्ने, समाजमा अनावश्यक खालको भ्रमहरु सिर्जना गर्ने, व्यक्ति, समाज र समुदायको चरित्रहत्या गर्ने लगायतका गतिविधीबाट आफू र सञ्चारगृह जोगाउन तपाईंहरुलाई आग्रह गर्दछु ।” मन्त्री लेखकले भन्नुभयो–“ त्यस्ता गतिविधि बढ्यो भने समग्र सञ्चार जगतप्रतिको विश्वास कमजोर हुन्छ ।”

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । साथै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष्य ध्यानार्षण पत्र समेत बुझाउनुभएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...