राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सहज बनाइने बताउनुभएको छ । कास्की जिल्ला प्रशासन कार्यालयमा आज आफ्नो राष्ट्रिय परिचयपत्र लिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सबै नागरिकको हातमा परिचयपत्र पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘परिचयपत्र वितरणमा ढिलाइ भएको गुनासो आएको छ’ उहाँले भन्नुभयो, ‘गुनासोलाई सम्बोधन गर्नेगरी सकारले काम अघि बढाएको छ ।’ नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा परिचयपत्र वितरणलाई सहज बनाइने बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्रको कमीकमजोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।

मन्त्री गुरुङले करिब दुई वर्षअघि कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागि विवरण भर्नुभएको थियो । अन्तर्राष्ट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिने परिचयपत्र बाहकको दश औंठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिएको हुन्छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कास्कीमा परिचयपत्र वितरणका लागि अभियान चलाइएको बताउनुभयो । उहाँका अनुसार ४ वटा गाउँपालिकामा अभियान सकिएर अहिले पोखरा महानगरपालिकामा अभियान चलिरहेको छ । पोखरा महानगरका १ देखि १२ वटा वडामा अभियान सकिएको छ भने अन्य वडामा जारी छ । कास्कीमा अहिलेसम्म २ लाख ७ सय १६ वटा राष्ट्रिय परिचयपत्रको कार्ड प्राप्त भएको छ । पाण्डेका अनुसार ७५ हजार ७ सय १८ वटा कार्ड वितरण भएका छन् ।

कास्की जिल्ला प्रशासन कार्यालयमा तीन ठाउँमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था मिलाइएको छ । एक ठाउँ थपेर ४ ठाउँबाट सेवा दिने योजना रहेको पाण्डेले बताउनुभयो । पाण्डेले पालिकाबाट नै परिचयपत्रको विवरण भर्ने र कार्ड वितरण गर्ने व्यवस्था मिलाउँदा जनतालाई सहज हुने बताउनुभयो । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ । सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा छन् । राजस्वसम्बन्धी ९व्यक्तिगत आयकर दर्ता० सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...