आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौं : अध्यक्ष प्रचण्ड

Published on

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्तिमा विदेस पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि रु, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी रु भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहान्छु । हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनि, आफैँ आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेस पठाउन हतार नगरौं ।’’

अध्यक्ष प्रचण्डले थप्दै भन्नुभयो, ‘‘विदेशमा पनि टुङ्ग्गो छैन । काहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित गरिँदै छ । कतिबेला हजारौं नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो टुङ्ग्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठुलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुङ्ग्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं ।’’

देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले आफु भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनकाविरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तपाईहरुले देख्नुभएको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भइराखेको छु । देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनकाविरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिँडेको छु । मैले आज यहाँ तेह्रथुमा सहिदको स्मृतिमा पार्क र हलको उद्घाटन गरे । यो कार्यक्रममा सबै दलका नेता कार्यकता आएर सहिदहरु सबैका साझा हुन भन्ने स्थापित गर्नुभयो । यो कार्यक्रम देशभर एउटा सकारात्मक सन्देश गएको छ । म यस कार्यक्रम मार्फत एउटा सन्देश दिन तपाईहरु माझ उभिएको छु ।’’

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...