राष्ट्रपति पौडेलबाट सहिद स्मारकमा पुष्पहार अर्पण

Published on

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको छ । बुधबार उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा उहाँहरुको शालिकमा पुष्पहार अर्पण गर्नुभएको हो । देशमा प्रजातन्त्र स्थापना गर्न पुलिमराङ गाउँका ६ जना सहिद भएका थिए । एउटै गाउँका धेरै जना सहिद भएकोले सो गाउँलाईलाई सहिदको गाउँ भनेर चिनिन्छ ।

२००७ सालमा राणा शासनका विरुद्ध आन्दोलनमा होमिएका धर्मध्वज गुरुङ र २०१८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध होमिएका लालध्वज गुरुङ, शमशेर गुरुङ, भारत गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङ सहिद हुनुभएको थियो  । पुष्पहार अर्पणपछि उहाँले स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको हो । राष्ट्रपति पौडेल आजै लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यामिक विद्यालयको हिरक जयन्तीको कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...