वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’

Published on

काठमाडौँ । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार कार्य जारी रहेको अधिकारीले बताएका छन् ।

आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एयरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।” स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकप्टरमा तीन जना रहेका थिए । रासस/एएफपी

ताजा समाचार

नौ वर्षपछि बन्यो विद्यालय भवन

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका –७ लापुबेंसीमा नौ वर्षपछि प्रभातकिरण माविको सुविधासम्पन्न विद्यालय भवन...

प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको...

मिर्गौला पीडितलाई ६ लाख सहयोग

काठमाडौँ । दुवै मिर्गौला फेल भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत प्युठान, गौमुखी–६, लिवाङका ४८...

धौलागिरि बहुमुखी क्याम्पसमा एक करोडको कोष स्थापना

काठमाडौँ । जेहेन्दार तथा विपन्नलाई निशुल्क रुपमा पठनपाठनको व्यवस्था मिलाउन साविक धौलागिरी अञ्चलको एकमात्र...