नौ वर्षपछि बन्यो विद्यालय भवन

Published on

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका –७ लापुबेंसीमा नौ वर्षपछि प्रभातकिरण माविको सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ। २०७२ सालमा भूकम्पले विद्यालय भवन भत्किएको थियो। चाईल्ड फर जापानको आर्थिक सहयोगमा भूकम्प गएको ९ वर्षपछि विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको हो। २० रोपनी जग्गामा बेलायती राजकुमार हेयरीले बनाइदिएको अस्थायी टहराबाट विद्यालयको कक्षा सञ्चालन हुँदै आएको थियो। अहिले भने दुई तलाको ८ कोठे सुविधासम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरिएको प्रभातकिरण माविका प्रधानाध्यापक जीतबहादुर गुरुङले जानकारी दिनुभयो। सुविधासम्पन्न नयाँ प्रशासकीय भवनसँगै शिक्षण सिकाइमा सहज हुने विद्यालयका प्रधानाध्यापक गुरुङको विश्वास छ। भवन कुल तीन करोड ५० लाख रुपियाँ बजेटमा निर्माण गरिएको प्राविधिक सहयोग गर्ने एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताउनुभयो।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...