मिर्गौला पीडितलाई ६ लाख सहयोग

Published on

काठमाडौँ । दुवै मिर्गौला फेल भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत प्युठान, गौमुखी–६, लिवाङका ४८ वर्षीय कृष्ण बोहोरालाई सामाजिक सञ्जालमार्फत सङ्कलित ६ लाख ३० हजार ४५ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा माण्डवी गाउँपालिकाका पूर्वअध्यक्ष श्रीधर रोका मगरले अस्पतालमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । रकम पाउँदा बोहोराले खुसी व्यक्त गर्दै सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्नुभयो । बोहोराको उपचारका लागि सामाजिक सञ्जालमार्फत विशेष सहयोग अभियान सञ्चालन गरिएको थियो, जसअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका थिए । अभियानलाई अझै निरन्तरता दिइने जनाइएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...