अबको लडाइँ आर्थिक समृद्धिको हो : उपमहासचिव ज्ञवाली

Published on

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अबको आर्थिक समृद्धिको लडाइँ भएको बताउनुभएको छ । आइतबार एमाले रामेछापले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा ज्ञवालीले अधिकारको लडाइँ लडेका नेपाली राजनीतिक दल अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अधिकार प्राप्तिको लडाइँ सकियो । अबको लडाइँ आर्थिक समृद्धिको लडाइँ हो । अब राजनीतिक दल समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । यसको लागि हामीले नयाँ सोच आवश्यक छ । अब हामीलाई समृद्धिको स्किल आवश्यक छ ।”

अहिले सामाजिक सञ्जालमार्फत सूचनाभन्दा बढी मिस इन्फरमेसन र डिस इन्फरमेसन आइरहेका बताउँदै ज्ञवालीले यसले समाजलाई नै दिग्भ्रमित गराउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन् । यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ । अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ ।” विचार कमजोर हुँदा व्यक्ति र समाज जता हावा चल्यो त्यतै लाग्ने उहाँले बताउनुभयो । यस्ता समस्याको समाधान वैचारिक रूपमा स्पष्ट हुन आवश्यक रहेको ज्ञवालीको भनाइ छ । २० वर्ष यता विश्वमा धेरै परिवर्तन भएको बताउँदै ज्ञवालीले परिवर्तनको गतिसँग अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

दृष्टिकोण सही हुँदा मात्र सही दिशामा अघि बढ्न सकिने ज्ञवालीले बताउनुभयो । अहिले विचार र दृष्टिकोण नभएकाहरू समाज बनाउछौँ भनेर आएका भन्दै ज्ञवालीले दर्शन र दृष्टिकोण नभएकाले समाज परिवर्तन गर्न नसक्ने बताउनुभयो । एमालेमा विभिन्न पार्टी र विचार बोकेका नेता कार्यकर्ता आएका बताउँदै ज्ञवालीले त्यसैले एमाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको बताउनुभयो । एमालेमा आएपछि भने सबैको बुझाइमा एकरूपता आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । त्यसका लागि पार्टीले निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...