थारू गाउँले मेला अवलोकनबाट दैनिक दुई लाख बढी कारोबार

Published on

काठमाडौँ । नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव भित्र बनाइएको थारू गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ । सो थारू गाउँमा पाइने थारू परिकारलाई अवलोकनकर्ताले सबैभन्दा बढी मन पराएको हुँदा सो गाउँभित्र विभिन्न परिकार खान आउने बढ्दै जाँदा त्यहाँ मात्रै दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहको महोत्सव तथ्याङ्क व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकालले बताउनुभयो । थारू गाउँका सञ्चालक मंगल थारूले थारू गाउँमा आठ वटा थारूका होटल राखिएको जनाउँदै हरेक दिन एउटा होटलले कम्तीमा पनि ३० हजारभन्दा बढी रुपियाँका दरले कारोबार गरिरहेका छन् ।

थारू गाउँमा हरेक दिन थारू कलाकारहरुबाट ३० वटा जति सांस्कृतिक कार्यक्रम प्रस्तुत भइहेकोले पनि अवलोकनकर्ताहरु दिनदिनै बढ्दै गएको जनाइएको छ । थारू गाउँका सञ्चालक मंगल थारूका अनुसार थारू गाउँभित्र आएर थारू नाच हेर्ने र त्यहाँ रहेको जीवन होटलमा घोङ्घी र गङ्गटा खाने युवायुवतीको दैनिक लर्को लाग्ने गरेको छ । सो होटलका सञ्चालक जीवन चौधरीले घोङ्घीमा बढी क्याल्सियम पाइन्छ भनेर थारूभन्दा पनि अन्य समुदायका व्यक्तिहरु सो खानका लागि बढी आउने गरेको बताउनुभयो । सो होटलमा दैनिक करिब ३० हजार रुपियाँको कारोबार भइरहेको होटलका सञ्चालक चौधरीले बताउनुभयो ।

थारू गाउँभित्रको पाहुना स्वागत घरकी कोपिला चौधरीको होटलमा पनि ढिक्री, घोङ्घी, गङ्गटा र बुङ्गुरको सेकुवा खान दैनिक रुपमा आउनेहरु सयौंको संख्यामा छन् । कोपिलाले भन्नुभयो, ‘म लम्की, धनगढी, कोहलपुर र टीकापुरको महोत्सवमा पनि सहभागी भएकोमा सबैभन्दा बढी व्यापार नेपालगन्जमा भइरहेको छ’, उहाँले खुसी ब्यक्त गर्दै थप्नुभयो–‘दैनिक ३५ हजार रुपियाँभन्दा बढीको कारोबार भइरहेको छ ।’ त्यहाँ रहेका अन्य होटलहरुमा पनि सोही अनुपातमा कारोबार भइरहेकोले महोत्सवभित्रको थारू गाउँमा मात्र दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहेको महोत्सव व्यवस्थापन समितिले जनाएको छ । महोत्सवमा दैनिक करिब २१ लाख रुपियाँ बराबरको कारोबार भइरहेको तथ्यांक व्यवस्थापन उपसमितिका संयोजक ढकालले बताउँनुभयो । १० दिनमा महोत्सवमा दुई करोड आठ लाख रुपियाँ बराबरको कारोबार भएको ढकालले जनाउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...