थारू गाउँले मेला अवलोकनबाट दैनिक दुई लाख बढी कारोबार

Published on

काठमाडौँ । नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सव भित्र बनाइएको थारू गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ । सो थारू गाउँमा पाइने थारू परिकारलाई अवलोकनकर्ताले सबैभन्दा बढी मन पराएको हुँदा सो गाउँभित्र विभिन्न परिकार खान आउने बढ्दै जाँदा त्यहाँ मात्रै दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहको महोत्सव तथ्याङ्क व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकालले बताउनुभयो । थारू गाउँका सञ्चालक मंगल थारूले थारू गाउँमा आठ वटा थारूका होटल राखिएको जनाउँदै हरेक दिन एउटा होटलले कम्तीमा पनि ३० हजारभन्दा बढी रुपियाँका दरले कारोबार गरिरहेका छन् ।

थारू गाउँमा हरेक दिन थारू कलाकारहरुबाट ३० वटा जति सांस्कृतिक कार्यक्रम प्रस्तुत भइहेकोले पनि अवलोकनकर्ताहरु दिनदिनै बढ्दै गएको जनाइएको छ । थारू गाउँका सञ्चालक मंगल थारूका अनुसार थारू गाउँभित्र आएर थारू नाच हेर्ने र त्यहाँ रहेको जीवन होटलमा घोङ्घी र गङ्गटा खाने युवायुवतीको दैनिक लर्को लाग्ने गरेको छ । सो होटलका सञ्चालक जीवन चौधरीले घोङ्घीमा बढी क्याल्सियम पाइन्छ भनेर थारूभन्दा पनि अन्य समुदायका व्यक्तिहरु सो खानका लागि बढी आउने गरेको बताउनुभयो । सो होटलमा दैनिक करिब ३० हजार रुपियाँको कारोबार भइरहेको होटलका सञ्चालक चौधरीले बताउनुभयो ।

थारू गाउँभित्रको पाहुना स्वागत घरकी कोपिला चौधरीको होटलमा पनि ढिक्री, घोङ्घी, गङ्गटा र बुङ्गुरको सेकुवा खान दैनिक रुपमा आउनेहरु सयौंको संख्यामा छन् । कोपिलाले भन्नुभयो, ‘म लम्की, धनगढी, कोहलपुर र टीकापुरको महोत्सवमा पनि सहभागी भएकोमा सबैभन्दा बढी व्यापार नेपालगन्जमा भइरहेको छ’, उहाँले खुसी ब्यक्त गर्दै थप्नुभयो–‘दैनिक ३५ हजार रुपियाँभन्दा बढीको कारोबार भइरहेको छ ।’ त्यहाँ रहेका अन्य होटलहरुमा पनि सोही अनुपातमा कारोबार भइरहेकोले महोत्सवभित्रको थारू गाउँमा मात्र दैनिक दुई लाख पचास हजार भन्दा बढीको कारोबार भइरहेको महोत्सव व्यवस्थापन समितिले जनाएको छ । महोत्सवमा दैनिक करिब २१ लाख रुपियाँ बराबरको कारोबार भइरहेको तथ्यांक व्यवस्थापन उपसमितिका संयोजक ढकालले बताउँनुभयो । १० दिनमा महोत्सवमा दुई करोड आठ लाख रुपियाँ बराबरको कारोबार भएको ढकालले जनाउनुभयो ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...