अर्जुन ट्रफी क्रिकेट : अत्तरियाले बैतडीलाई हरायो

Published on

काठमाडौँ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्‍यो । जितका लागि पाएको एक सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३८ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए ।

बलिङतर्फ अत्तरियाका विवेक यादवले चार, साहब आलम र कमल गुप्ताले २/२ विकेट लिए । त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो । जसमा भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७० रनमा अविजित रहे । बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे । गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु. १० लाख र उपविजेताले रु. पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु. एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु. ५०–५० हजार पाउनेछन् । साथै प्लेयर अफ द म्याचलाई रु. १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता छ । रासस

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...