गृहमन्त्री लेखकद्वारा कलौनीप्रति श्रद्धाञ्जली अर्पण

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको छ । श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आज कांग्रेसको झण्डा ओढाएर उहाँले श्रद्धाञ्जली दिनुभएको हो । श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति थियो ।

शनिबार बिहान भीमदत्त नगरपालिका –१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा कलौनी मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँको शव घोप्टो परेको अवस्थामा रहेको थियो । पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको कलौनीको शव श्रद्धाञ्जलीका लागि कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो । मृतकको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । कलौनीको घटना छानबिनका लागि भिसेरा परीक्षण गरिएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आउन बाँकी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । उहाँले फरेन्सिक जाँच रिपोर्ट आएपछि घटनाको अनुसन्धानमा थप सहज हुने उल्लेख गर्नुभयो ।

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...