मेलुङका किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित

Published on

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित देखिएका छन् । गाउँपालिकाले कृषकलाई व्यवसायिक बनाउन कृषि र पशुपालनमा बिभिन्न सहयोग तथा अनुदानका कार्यक्रम ल्याएसँगै कृषकहरु व्यवासायिक गाईपालनतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाले कृषकहरुलाई गाईपालनमा व्यवसायिक बनाउने उद्देश्यले जर्सी गाईपालनलाई प्राथमिकता दिँदै आएको छ । जर्सी गाईपालनकै कारण यहाँका कृषकहरूको आर्थिक अवस्था र जीवनशैलीमा उल्लेखनीय सुधार भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्षमा पशु, कृषि क्षेत्रको विकासको लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले जानकारी दिनुभयो । मेलुङ गाउँपालिका कृषि, फलफूल र पशुपालनको लागि उपयुक्त गाउँपालिका रहेको पनि अध्यक्ष तामाङले बताउनुभयो । मेलुङ-२ का कृषक रामहरि अधिकारीले जर्सी गाईले राम्रो मात्रामा दूध उत्पादन गर्ने भएकाले यसको माग पनि उच्च रहेको बताउनुभएको छ । जर्सी गाईले अहिले प्रतिदिन १९ लिटरसम्म दूध दिन थालेको अधिकारीले बताउनुभयो । यसको दूध गुणस्तरीय हुने र नजिकै दुग्ध सङ्कलन केन्द्र भएकोले यो व्यवसाय लाभदायक बनेको उहाँको भनाइ छ । उहाँले वर्षौंदेखि भैँसी पनि पाल्दै आउनुभएको छ । भैँसीले पनि दैनिक ७ लिटरसम्म दूध दिने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, अर्का किसान मेलुङ–२ ठूलीबेसीका वीर बहादुर तामाङले पनि वर्षौंदेखि गाई पालन गर्दै आउनुभएको छ । उहाँले सो ठाउँमा गाईपालन गरेको ७ वर्ष बितिसकेको छ । उहाँले गोठमा अहिले ६ वटा दूध दिने गाई छन् । यस वर्ष गाउँपालिकाले जर्सी गाई खरिदमा ५० हजारसम्म अनुदान दिने भएपछि उहाँले गाई थप गर्नुभएको छ । गाईपालक किसानलाई सजिलो होस भनि गाउँपालिकाले नजिकै दूध संकलन केन्द्र राखि दिएको छ । गाउँभरिका किसानलाई पायक पर्ने गरी ढलेवर, कल्लेरी, उपल्लो गाउँमा दूध संकलन केन्द्र राखिएको वडा नम्बर २ का वडाअध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिनुभयो । सो वडामा एक घर, एक गाई अभियान सञ्चालन गरी दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको वडाध्यक्ष भण्डारीले बताउनुभयो । अहिले यस वडामा मात्र ३४ वटा गाई पुर्याउनको लागि १७ लाख बजेट विनियोजन गरिएको छ।

पालिकाकै पहलमा गाउँपालिकामा अहिलेसम्म ३४ घरपरिवारलाई गाई वितरण गरिसकेको छ । यस अभियानमा हेफर परियोजनाले कृषकलाई प्राविधिक सहयोग, तालिम, समूह निर्माण र परामर्श सेवा दिदै आएको छ । गाउँपालिकाले अनुदानको व्यवस्था गरेपछि सोही वडाका जीत बहादुर न्यौपानेले थप गाई ल्याउनुभएको छ । उहाँको गाईले अहिले प्रतिदिन ९ लिटरभन्दा बढी दूध दिने गरेको छ। गाउँपालिकाले कृषकलाई पायक पर्ने गरी दूध सङ्कलन केन्द्र राखिएकोले सहज बनाएको छ । सङ्कलन केन्द्रमा दूध पुर्‍याउन यातायातको सुविधा रहेको र समयमै रकम भुक्तानी हुने हुँदा कृषकहरू थप प्रोत्साहित भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्नुको साथै गाई किन्न र घाँस उत्पादन गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यसले कृषकहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै गाईपालनलाई अझ व्यावसायिक बनाउन मद्दत पुगेको पालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो । गाउँपालिकाले गाई पालनमा आर्थिक प्राविधिक सहयोग गरेकै कारण कृषकहरूले गाईपालनसँगै घाँस खेतीलाई पनि प्राथमिकता दिएको आचार्यले बताउनुभयो । कृषकहरूले घरछेउमा नेपियर, डँडेलो घाँस जस्ता उन्नत घाँस लगाएका छन् । यसले गाईको पोषण आवश्यकतामा टेवा पुर्‍याएको छ र दूध उत्पादनको मात्रा बढाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...