कन्याहरुको सामूहिक बेल विवाह सम्पन्न

Published on

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा कन्याहरुको सामूहिक बेल विवाह सम्पन्न भएको छ । ईहि यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठीले हेटौँडामा २०२९ सालदेखि सुरु गरेको सामूहिक बेल विवाहलाई यो वर्षपनि निरन्तरता दिइएको हो । यस वर्ष आइतबार र सोमबार दुई दिन नेवार समुदायका कन्याहरुको सामूहिक रुपमा बेल विवाह गरिएको छ । दुई दिन गरी यस वर्ष ७२ कन्याको सामूहिक बेल विवाह गरिएको गुठीले जनाएको छ ।

नेवार समुदायमा बेल विवाह महत्वपूर्ण कर्मको रुपमा रहँदै आएको छ । रजश्वला हुनुअघि कन्याको बेल विवाह गर्ने परम्परा अनुसार नेवार समुदायकै पण्डित, पुरोहितबाट बेल विवाह कर्म गराइएको हो। गुठीका अग्रज सदस्य हरिशरण श्रेष्ठले मौलिक परम्परा अनुसार कर्म गर्न, गराउन अभिभावकको सहजताका लागि सामूहिक बेल विवाह गर्दै आएको भन्दै ५३ औं वर्षसम्म सबैको सहयोग र विश्वासका कारण बेल विवाह कर्म गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सामूहिक बेल विवाहमा अभिभावकहरुले मकवानपुर जिल्लासँगै जिल्ला बाहिरका कन्यालाई समेत सहभागी गराउँदै आएका छन् ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...