भूमिगत सिँचाइले दुई सय ५० रोपनी सिञ्चित

Published on

काठमाडौँ । मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौरका किसान कृष्णप्रसाद घिमिरेलाई बर्खाको समयमा धान रोप्न आकासको भर पर्नुपर्‍थ्यो । दैनिक वर्षा भएर मुल नफुटेसम्म धान रोपाई नै हुन्थेन । उहाँको मात्र हैन सो क्षेत्रका ७५ भन्दा बढी घरधुरीलाई सिँचाइको लागि ठुलो समस्या थियो । अहिले भूमिगत सिँचाइका रुपमा लिफ्टिङ प्रणालीबाट पानी तानिएपछि घिमिरेसहित ७५ घरधुरीका खेतमा सिँचाइको राम्रो प्रबन्ध भएको छ । गण्डकी प्रदेश सरकारसँगै मर्स्याङ्दी गाउँपालिकाले विशेष गौरवको योजना अन्र्तगत भूमिगत सिँचाइ आयोजना बनाएपछि किसानहरु लाभान्वित भएका हुन् । आयोजना बनेपछि सिमलचौर क्षेत्रका दुई सय ५० रोपनी क्षेत्रफलमा सिँचाइको राम्रो प्रबन्ध भएको छ ।

“सिँचाइ नहुँदा खेतीपाती गर्न साह्रै नै समस्या थियो । खेती लगाउन आकासको भर पर्नुपर्थ्यो”, सिमलचौर भूमिगत सिँचाइ उपभोक्ता समितिका अध्यक्ष कमान गुरुङले भन्नुभयो, “आयोजना बनेपछि बर्खासँगै हिउँदे खेती, फलफूल र तरकारी खेती गर्न सजिलो भएको छ । किसानहरु खुसी भएका छन् ।” उपभोक्ता समितिका सचिव चन्द्रप्रसाद घिमिरेका अनुसार करिब सभा करोड लागतमा लिफ्टिङ प्रणालीको भूमिगत सिँचाइ आयोजना निर्माण गरिएको हो । सिँचाइ आयोजना निर्माणका लागि मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख, आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारबाट ५० लाख विनियोजन भई काम भएको घिमिरेले बताउनुभयो ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा मर्स्याङ्दी गाउँपालिकाबाट तीन लाख, आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख र आर्थिक वर्ष २०७९/०८० मा ३५ लाख रुपियाँ विनियोन भई काम सम्पन्न भएको वडा नं. ८ का वडा अध्यक्ष धनसिंह तामाङले जानकारी दिनुभयो । आयोजनाका लागि उपभोक्ताबाट प्रति रोपनी पाँचसय रुपैयाँका दरले ६९ हजार सातसय ५० रुपियाँ सङ्कलन गरि लगानी गरिएको तामाङले बताउनुभयो । सो आयोजनाको सोमबार नेपाल सरकारका प्रबक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै किसानहरुलाई व्यवसायीकरणमा जोड दिन आग्रह गर्नुभयो । सरकारले पूर्वाधार निर्माण गरिदिएपछि किसानहरु कृषि उत्पादनमा लाग्नुपर्ने उहाँले बताउनुभयो । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सबै वडामा व्यवसायिक कृषि गरि उत्पादन र बजारीकरणका लागि अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...