एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा

Published on

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच सहकार्य भएको स्पष्ट गर्नुभयो । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन थियो । आफू र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेलमा बसेको साथी भएको उल्लेख गर्दै उहाँले भन्नुुभयो, “वास्तवमा भन्ने हो भने ओलीजी र मसँगै जेलमा बसेका साथी हौँ । धेरै कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्ड देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन ।”

मुलुकको विकासका प्रचुर रहेको भन्दै उहाँले यसको समग्र उन्नयनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तामा निराशा नभई आशाको सञ्चार गर्दै एउटा सशक्त पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो। बिपी चिन्तनलाई समयसापेक्ष बुझ्न र यसको व्यावहारिक प्रयोग आवश्यक रहेकोे उहाँको भनाइ थियो । बुधबार समापन हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापतिसहित करिब दुई सय जना सहभागी हुनुहुन्छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...