तीन दिवसीय जनकपुर साहित्य महोत्सवः विचार, बहस र संस्कृतिको संगम

Published on

काठमाडौँ । मिथिला सभ्यता र संस्कृतिको धरोहर बोकेको जनकपुरधाममा विचार, बहस र साहित्यिक उत्सवको केन्द्रबिन्दु बन्ने तयारीमा तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैटौं संस्करण सुरु हुने भएको छ । “धरातल, संस्कृति र संस्कारको उत्सव” भन्ने मूल थिमका साथ यही माघ २४, २५ र २६ गते तीन दिनसम्म चल्नेछ भने महोत्सवमा साहित्यिक विमर्श, सामाजिक, आर्थिक र राजनीतिक बहसका कुरा समेटिनेछ । नव मिथिला फाउन्डेसनद्वारा आयोजित तीन दिवसीय जनकपुर साहित्य महोत्सव २०८१ को छैटौं संस्करणमा १४ वटा प्यानलमा छलफल र ३ वटा एकल प्रवचन समावेश गरिएका छन्, जसले साहित्यको सिमाना मात्र नभई समाजका विविध आयामहरूलाई उजागर गर्नेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा ख्यातिप्राप्त लेखक सीके लालले विद्वत् प्रवचन गर्नुहुनेछ । यससँगै, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ‘उज्यालोको यात्रा’ मा आफ्नो अनुभव बाँड्नुहुनेछ भने भारतीय लेखक सुबोधचन्द्र भारतीयले ‘सीता र रोटीबेटीको सम्बन्ध’ विषयमा विचार राख्नुहुनेछ । खगेन्द्र संग्रौलाले ‘आन्दोलन र साहित्य’ मा आफ्नो विश्लेषण प्रस्तुत गर्नुहुनेछ । यस्तै ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ सत्रमा पत्रकार सुधीर शर्मा, लेखक तुलानारायण साह र इन्द्र अधिकारीको सहभागितामा गहिरो बहस हुनेछ, जुन पत्रकार अनिल गिरीले सहजीकरण गर्नुहुनेछ । ‘नेपाली उद्यमीको यात्रा’ मा उद्योगपति सौरभ ज्योति, सुलभ बुढाथोकी र असीममान सिंहले आफ्ना अनुभव साझा गर्नुहुनेछ भने ‘आनन्दको खोजी’ सत्रमा पत्रकार घनश्याम खड्का र लेखक समा थापा बिच विचार विमर्श हुने छ ।

महोत्सवमा जनकपुरका चुनौती र अवसरहरू, डिजिटल युगमा पठन संस्कृति, क्रिकेटः समस्या, समाधान र सम्भावना, मधेश महिमाः उद्यमको व्यावसायीकरण, नीतिमा युवाको चासो लगायतका सत्रमा बहस हुने फाउण्डेशनका अध्यक्ष अमित साहले जनाकारी दिनुभयो । उहाँले जसले साहित्य, कला, संस्कृति र सामाजिक विषयहरूमा गहिरो संवादको ढोका खोल्ने अपेक्षा गरिएको बताउनुभयो । यसैगरी, महोत्सवको उद्घाटन समारोहमा जनकपुरका १० विद्यालयका ६० जना विद्यार्थीले सामूहिक रूपमा ‘इएह छी हमर जनकपुर’ गीतमा कोरस प्रस्तुति गर्ने छन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई उजागर गर्नेछ ।

यस्तै, फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपाल भन्नुहुन्छ, “यो महोत्सव केवल साहित्यिक उत्सव होइन, जनकपुर र मधेशको सामाजिक, आर्थिक र सांस्कृतिक चेतनाको प्रतिविम्ब हो । विचारहरूको आदान–प्रदान र नयाँ सोचको विकास यहीँबाट सुरु हुन्छ ।” यस्तै, उपाध्यक्ष नेपालले यस वर्षको अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कर स्वर्गीय गुरुदेव कामतको नाममा उहाँका परिवारलाई दिइने बताउनुभयो । यसैगरी, विचार र बहसको केन्द्रबिन्दु बनेर जनकपुरधाम पुन सञ्चालन हुन गइरहेको जनकपुर साहित्य महोत्सव २०८१ को छैटौं संस्करण समुद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहद्वारा गरिने आयोजक संस्थाले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...