प्रदेश सभा बैठकको बस्दै, विधेयक पेस हुने

Published on

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ । विधेयक अधिवेशनको प्रदेश सभाको आजको बैठकमा चार वटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ । प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकसहित चार वटा विधेयक प्रदेश सभा बैठकमा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार आजै दिउँसो बस्ने प्रदेश दोश्रो बैठकमा प्रदेश सभामा पेस भएको विधेयकहरूमाथिको सैद्धान्तिक छलफल हुने भएको छ ।

यसअघि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेश सभाको बैठक सुचारु गर्ने सहमति जुटाइएको थियो । सत्तापक्ष र विपक्षी दलबिच बजेटसम्बन्धी विवाद समाधान गर्ने सहमतिपछि तत्कालका लागि प्रदेश सभा बैठक सञ्चालन गर्न सहमति जुटेको थियो । बजेटसम्बन्धी आफ्नो माग पुरा नगरेको भन्दै विपक्षी दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै आएको छ । बजेटसम्बन्धी माग क्रमशः पुरा गर्ने सत्ता पक्षको प्रतिबद्धतापछि तत्काललाई बैठक सञ्चालन गर्ने सहमति जुटाइएको माओवादी केन्द्रले जनाएको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन माघ १८ गतेबाट सुरु भएको हो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...