प्रदेश सभा बैठकको बस्दै, विधेयक पेस हुने

Published on

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ । विधेयक अधिवेशनको प्रदेश सभाको आजको बैठकमा चार वटा विधेयक पेस गर्ने कार्यसूची रहेको छ । प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकसहित चार वटा विधेयक प्रदेश सभा बैठकमा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार आजै दिउँसो बस्ने प्रदेश दोश्रो बैठकमा प्रदेश सभामा पेस भएको विधेयकहरूमाथिको सैद्धान्तिक छलफल हुने भएको छ ।

यसअघि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेश सभाको बैठक सुचारु गर्ने सहमति जुटाइएको थियो । सत्तापक्ष र विपक्षी दलबिच बजेटसम्बन्धी विवाद समाधान गर्ने सहमतिपछि तत्कालका लागि प्रदेश सभा बैठक सञ्चालन गर्न सहमति जुटेको थियो । बजेटसम्बन्धी आफ्नो माग पुरा नगरेको भन्दै विपक्षी दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै आएको छ । बजेटसम्बन्धी माग क्रमशः पुरा गर्ने सत्ता पक्षको प्रतिबद्धतापछि तत्काललाई बैठक सञ्चालन गर्ने सहमति जुटाइएको माओवादी केन्द्रले जनाएको छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशन माघ १८ गतेबाट सुरु भएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...